चुलाचुलीकाे रतुवा खोलामा एक वृद्धको शव फेला

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन १, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामको चुलाचुली ५ चपेटी स्थित रतुवा खोलामा एक बृद्ध मृत फेला परेका छन् । बुकुवा सिंचाई नहरको मुहान देखि अन्दाजी ५० मिटर तल खोलामा आज विहान वृद्धको शव फेला परेको हो । उक्त स्थानमा प्रहरी चौकी पेल्टीमारीबाट प्रहरी टोली पठाईएको प्रहरी चौकी पेल्टीमारीका ईन्चार्ज जिवनकुमार कार्कीले जानकारी दिए । खोलाको ढुंगामा अड्किरहेको अवस्थामा ती वृद्धको शव स्थानियले आज विहान देखेर प्रहरीलाई खबर गरेका थिए । ती मृत व्यक्तीको परिचय खुल्न सकेको छैन । स्थानियका अनुसार ती वृद्ध नजिक गाउँटोलका पनि होईनन् । हिजो मात्र चुलाचुली २ स्थित चाजु खोलाको जम्दारे खहरेमा लिङ्ग पहिचान नै गर्न नसकिने कुहिएको शव बगाएर ल्याएको अवस्थामा फेला परेको थियो । शवलाई कानूनि प्रकृया पुरा गरेर धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा डि।एन।ए। परिक्षणका लागि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय