नेकपा उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्यःआज सपथ ग्रहण

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन १, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य भएका छन्। राष्ट्रपति विद्या भण्डारीबाट बिहीबारै मनोनित भएका गौतमले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाबाट सपथ लिएका हुन्।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई आजै राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्। राष्ट्रियसभा सदस्यमा सिफारिस भएपछि गौतमले आज अपरान्ह राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट शपथ लिएका राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।राष्ट्रियसभा सदस्यको सपथ लिएपछि नेता गौतमले आफूले संसदको गरिमा नघटाउने बताएका छन्। उनले राष्ट्र र जनताप्रति बफादार बनेर काम गर्ने पनि वाचा गरेका छन्। छन्। ुजनता राष्ट्रियताप्रति वफादार हुन्छु, उनले भने, ुराष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन।ु नेता गौतमले संसदमा प्रवेश गरेपछि अबको आफ्नो लक्ष्य पार्टी र देशलाई समाजवादतर्फ लैजाने हुने पनि बताए। ुपार्टीले लिएको समाजवादमा पुग्नेद लक्ष्यतर्फ अघि बढ्न भूमिका खेल्छुु, उनले भने। वामदेवले सपथ लिने कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल पनि उपस्थित थिए। सपथ समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय