
गोबिन्द पौडेल,रोङः इलामको रोङ गाउपालिकामा अपाङ्गता भएका ब्याक्तिहरुको लागि तीन दिने संस्था ब्यवस्थापन लेखा तालिम सम्पन्न भएको छ । अपाङ्गता भएका ब्याक्तिहरुलाइ स्वाभलम्बन बनाउन हरेक वडामा रहेका अपाङ्ग स्वाभलम्बन समिति बनाएर उनिहरुको सिप बिकास , क्षमता अभिबृद्धि र सहकार्य गर्न समुह गठन गर्दै सहकारीता उन्मुख कार्य गराउन रोङ गाउपालिकाले बिगतको बर्षमा नै हरेक समुहलाइ ५० हजार बिउ पूजिको रुपमा अनुदान दिएको र त्यसको परिचालन र ब्यवस्थापनको लागि लेखा ब्यवस्थापन तालिम आवश्यक महसुस गरि माग आएकोले चालु बर्षमा लेखा ब्यवस्थापन तालिमको आयोजना गरिएको हो ।
गत असोज २ गतेदेखी संचालित तालिमको समापन कार्यक्रममा बोल्दै सहभागिहरुले अपाङ्गता भएका मानिसहरुले समाजमा केही गर्न सक्दैनन् भन्ने आरोपलार्इ चिर्दै सिकेको सिप र ज्ञानलाई ब्यबहारमा उतारेर देखाउने प्रयास गरिने बताए । रोङ गाउपालिकाकी उपाध्यक्ष चन्द्रकला रार्इको अध्यक्षता, प्रमुख प्रसासकिय अधिकृत प्रयास भट्टरार्इको प्रमुख आतिथ्यता र करुणा फाउन्डेसन इलामका राज कुमार नेपालीको आतिथ्यतामा भएको सो समापन सभामा सहभागीहरु समादेबी घिमिरे ,बिनिता रार्इ, र बिहाल रार्इले अपाङ्गता स्वावलम्वन समिति रोङका अध्यक्ष रोहिणी प्रसाद बराल लगायतले बोलेका थिए भने कार्यक्रममा सन्तोष श्रेष्ट र बिशाल लिम्बुले सहजीकरण गरेका थिए । गत असार सम्म ३ सय २५ जना अपाङ्गता भएको बिबरण रहेको र हाल २ सय ९० जनालाइ परिचय पत्र समेत बितरण गरिएको महिला बालबालिका शाखाकी प्रमुख रेनुका राईले बताइन ।



हरेक बर्ष गाउँपालिकाले गाउँ गाउँमा प्राबिधिकहरु सहितको शिबिर संचालन गर्ने गरेको बिबरण बाट हरेक बर्ष यो संख्या थपिदै जाने गरेकाले अपाङ्गता रोकथाम र पुन स्थापनाको लागि चालु आर्थिक बर्षमा २३ लाख ५९ हजार ५ सय ५० रुपैया रोङ गाउपालिकाले यस क्षेत्रको लागि रकम बिनियोजन गरेको छ ।