झापाको दमकबाट ४ प्रहरी निलम्बन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन १०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दमक । मल व्यवसायीसँग पैसाको लेनदेनका कारण ४ जना प्रहरी निलम्बनमा परेका छन् ।

झापाको दमकबाट ४ जना प्रहरीहरु एक जना असइ, हवल्दार जवान र एक जना ट्राफिक प्रहरी निलम्बनमा परेका हुन् । इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी बिजयराज पण्डितका अनुसार बिल बिना युरिया मल ल्याउदै गरेको ट्याक्टर ताराबारी ढाटमा बसेका प्रहरीले समातेका थिए । तर माथिल्लो तहमा खबरै नगरि भोलीपल्टै छाडेका थिए । पण्डितले भने, प्रहरीको चेन अफ कमाण्ड उल्लघंन गरेको भनेर निलम्बनमा राखिएको छ, अरु बिस्तृत अनुसन्धानबाट खुल्ने छ ।

यथार्थ विवरण उपल्लो तहमा विवरण पेश नगरेको आरोप उनीहरुमा छन् । असइ भरत कोइराला सहित हवल्दार शिवचन्द्र मुखिया, जवान भिमलाल चौधरी र ट्राफिक प्रहरी जवान मनकुमार रुचाल प्रहरी निलम्बनमा परेका हुन् । भदौ २४ बेलुका ताराबारीमा उनीहरुले ट्याक्टर समातेका थिए । उनीहरुले ६५ हजार रुपैयाँ लिएर ट्याक्टर छाडेको आरोप छ । डिएसपी पण्डितका अनुसार घटनाको अनुसन्धान भइरहेकाले अहिले यर्थाथ बुझ्ने काम भइरहेको छ ।ब्लाष्टखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय