६ महिना भन्दा लामो समयदेखि बन्द रहेको माईजोगमाईका हाटबजार खुल्ने

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नयाँबजार । नजिकै गरेको बडा दशै दिपवाली र छठलाई मध्यनगर गर्दै इलामको माइजोगमाइ गाउँपालिकाले सुरक्षाको मापदण्ड पालना गर्दै बजार संचालन गर्ने भएको छ । कोरोना भाइरसको कारण ६ महिना भन्दा लामो समयदेखि बन्द रहेको गाउँपालिकाको केन्द्र नयाँबजार र प्याङको पञ्चमी बजार मंगलबारबाट खुल्ने भएको संचारकर्मी रोशन काफ्लेले जानकारी दिनुभएको हो ।

संक्रमणलाई मध्यनजर गर्दै ब्यवसायीहरुले अनिवार्य माक्सको प्रयोग गर्नु पर्ने र स्यानिटाइजरको ब्यवस्थापन हुनुपर्ने भएको छ । साथै संक्रमण को जोखिमलाइ बिचार गर्दै अर्को सूचना जारी नभएसम्म माइजोगमाइ गाउँपालिका भन्दा बाहिरको ब्यवसायीहरुलाइ भने तत्काल निशेध गरिएको गाउँपालिकाका राजस्व प्रमुख तथा कम्प्युटर अपरेटर अशोक लिम्बुले जानकारी दिए । वडादशैं, शुभ दिपावली र छठ पर्वलाइ मध्यनजर गर्दै हाट संचालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय