इलामको सुर्योदयमा ओएसीस दुुुग्ध डेरी उद्योग सञ्चालन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल,इलामको सुर्योदय नगरपालिका १३ स्थित किरण टोलमा ओएसीस दुुुग्ध डेरी उद्योग सञ्चालनमा आएको छ ।

४ जनाको सेयर रहेको उक्त डेरीको शुक्रबार एक कार्यक्रमका बिच उद्घाट्न गरीएको हो । १६ लाख रुपैयाँ लागतमा सञ्चालनमा आएकोे उद्योगमा संकलित दुधबाट दहि ,मोहि ,घिउ , छुर्पी लगाएतका परिकार बनाईने सञ्चालक रुपेन राईले बताउनुभयो ।

पछिल्लो समय दुग्ध जन्य पदार्थको राम्रो भाउ नपाउदा गाईपालक कृषकहरु मर्कामा परेका छ्न । किसानहरुलाई प्रोत्साहन गरी आत्मनिर्भर बनाउन गाउँमा नै डेरी उद्योग सञ्चालन गरिएको र अर्का सञ्चालक सन्तोष राईले जानकारी दिनुभयो ।

रुपेन राई ,हिमाल राई, सन्तोष राई र दिपेश राईको संयुक्त लगानिमा सञ्चालीत उद्योगमा पहिलो दिन आज १ सय ५० लिटर दुग्ध कृषकहरुबाट संकलन गरीएको थियो ।

संकटग्रस्त समयमा देशमा बेरोजगारी बढीरहेका बेला स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न यस प्रकारका घरेलु उद्योगहरुको भुमिका महत्वपूर्ण रहने सरोकारवालाहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय