सूर्योदयले सौर्य बत्ती बालेपछि गेवाटारबासीमा मुस्कान

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःबर्षौँ देखि अन्धकारमा समय ब्यथित गरिरहेका गेवाटारबासीमा अब उज्यालो छाएको छ । इलामको सूर्योदय नगरपालिका वडा नम्बर १३ का ११ घरपरिवार सुविधाको दृष्टिले विकट ठाउँका बासिन्दा हुन । पछिल्लो समय विद्युतमा भएका आमुल परिवर्तनको चर्चा चलिरहँदा खानेभन्जाड टोलको पुच्छरमा रहेका गेवाटारबासिले विद्युत सेवाको महशुष गर्न पाएका थिएनन । धिप्री र टुकी बत्तिको भरमा दैनिकी बिताउनु परिरहेको समस्या सुनेपछि सूर्योदय नगरपालिकाले सोमबार सौर्य बत्ति जर्डान गरिदिईएको छ ।

विद्यार्थीहरु आधारातसम्म धिप्रीको भरमा पड्दा रहेछन् नगरप्रमुख रणबहादुर राईले भन्नुभयो, “साना नानीहरू भएको घरमा धिप्रीमा रातमा तीनपटक सम्म मट्टीतेल लगाउनु पर्ने कुरा उनीहरू सुनाए। रातभरी धिप्री बलेपछि नाकैभरी कालै मट्टीतेलको थेक्रा बस्ने कुरा पनि सुनाए।” नगरपालिकाले स्थानीयको लगानी बिना सौर्य बत्ती घरभरमा गएर जर्डान गरिदिएपछि गेवाटारबासीको आँखामा हर्षका आँशु देखिएका थिए । यतिसम्मकी झण्डै खानेभन्जाडदेखि १ घण्टा हिडेर पुगिने त्यस ठॉउका स्थानीयहरू ढोको लिएर ब्याट्री र प्यानल लिन गाडी पुग्ने ठॉउसम्म आफैँ आएका थिए। उनिहरु भन्दै थिएर्, यसबर्षको दशैँतिहार उज्यालोमा बित्ने भयो ।’

नगरपालिकाले केहि घरपरिवारहरूलाई सुरक्षित आवास निर्माण गरिदिने नगरप्रमुख रणबहादुर राईले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिनुभभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय