प्रयोगविहिन सूर्योदय प्राविको भवनमा अब गाउँघर क्लिनिक संचालन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलामको सुर्योदय नगरपालिका वडा नम्बर ४ स्थित पुर्व सूर्योदय प्रा.विको भवनमा अब गाउँघर क्लिनिक संचालनमा आउने भएको छ ।

वि.सं २०५३ सालमा स्थापना भएको यस विद्यालय, विद्यार्थी अभाबका कारण गतसालबाट बन्द भएको आदर्श टोलका सह—सचिब गोम बहादुर बस्नेतले बताउनुभएको छ । पठनपाठन रोकिएपछि विद्यालय भवन आदर्श टोलले संरक्षण गरिरहेको थियो । प्रयोगविहिन भएको सो भवनको सदुपयोग गरि गाउँघर क्लिनिक संचालन गर्न मंगलबार एक कार्याक्रमकाबिच हस्तान्तरण गरिएको बस्नेतले जानकारी दिनुभएको छ ।

श्रीअन्तु स्वास्थ्य चौकीले करिब १५ बर्ष अघिबाट संचालन गरिरहेको उक्त क्लिनिक आदर्श टोल विकास संस्थाको मातहतमा आएपनि कार्यालय विहिन अवस्था थियो । अहिले सम्म स्थानिय समाजसेवी टिकामाया कार्कीको घरमा संचालित क्लिनिकले आफ्नै भवन पाएको हो ।

आदर्श टोलविकास संस्थाको आयोजनामा सम्पन्न कार्याक्रममा दुई सामाजिक ब्यक्तिहरुलाई सम्मान गरिएको छ । विद्यालयको स्थापनाकालमा भवन निर्माणका लागि चारआनी जग्गा दान गर्नुभएकी डम्बरदेवी कार्की र क्लिनिक संचालनका लागि घर उपलब्ध गराउने टिकामाया कार्कीलाई सम्मान गरिएको हो । कार्यक्रमको अवसरमा स्थानिय जयकला बस्नेतले कार्यालयलाई एक थान बेड उपलब्ध गराउनुभएको छ ।

आमा समुहकी अध्यक्ष भुवनेस्वरी घिमिरेको अध्यक्षता एवम् श्रीअन्तु स्वास्थ्य चौकी छिरुवाकी अ.ना.मि हेम कुमारी शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा टोलकी उपाध्यक्ष बालकुमारी घिमिरेले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन सचिब राम प्रसाद दाहालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय