फिक्कलःनेपाल रेडक्रस सोसाइटी फिक्कल उपशाखाको कार्यालय उत्घाटन गरिएको छ । सोमबार आयोजित वृहत रक्तदान कार्यक्रमको अवसरमा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले कार्यालय उत्घाटन गर्नुभएको हो ।
वडा नम्बर ८ स्थित निर्माणाधिन मंगलज्योति प्रतिष्ठानको भवन अस्थायि संचालनका लागि रेडक्रसले प्राप्त गरेको सभापति सुजन नेपालले जानकारी दिनुभएको छ । वि.सं २०६७ सालमा स्थापित नेपाल रेडक्रस सोसाइटी फिक्कल उपशाखा कार्यालय विहिन अवस्थामा थियो । स्थापनाकालको ११ बर्षपछि उपशाखाले अस्थायि संचालनका लागि १० कोठे भवन प्राप्त गरेको सभापति नेपालको भनाई छ ।
कार्यालय उत्घाटन गर्नुहुँदै प्रमुख अतिथि नगरप्रमुख राईले,विशुद्ध सामाजिक संस्था रेडक्रसले समाजमा पुर्याएको योगदान अतुलनिय रहेको बताउनुभयो । उहाँले समाजको हित र कल्याणमा यस्ता पवित्र संस्थासँग नगरले सँधै सहकार्य गरेको र आगामिदिनमा पनि समन्वयमा काम गर्दैजार्ने बताउनुभएको छ ।
संचालक समितिका सह—कोषाध्यक्ष बालकुमार फागोले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा कोषाध्यक्ष हेम कुमार सुवेदीले संस्थाले हालसम्म गरेको गतिविधि प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि जिल्ला सभापति शिव प्रसाद गौतमको विशेष आतिथ्यता रहेको थियो भने,वडा नम्बर ८ का अध्यक्ष सुवास कुमार राई,सशस्त्र प्रहरी बल पशुपतिनगरका निरिक्षक नविन खतिवडा,प्रहरी चौकी फिक्कलका प्रहरी नायव निरिक्षक सन्तोस निरौला,ने.रे.सो फिक्कल उपशाखाका पुुर्व संचालक समिति सदस्य जिवन नेपाल,मंगलज्योति टोलविकास संस्थाका अध्यक्ष ज्ञानेन्द्र राई लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै बक्ताहरुले उपशाखाको सफल्ताको कामना गरेका छन् ।
५३ जनाले गरे रक्तदान
“हालको विषम परिस्थितिमा रगतको अभाब हुन नदिऔँ, रक्तदान गरि जीवनको ज्योति प्रज्वलीत गरौँ” भन्ने मुल नाराका साथ आयोजित वृहत रक्तदान कार्याक्रममा ५३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा ७ महिला र ४६ पुरुषले रक्तदान गरेका हुन् । रक्तसंचार साखा भद्रपुरको प्राविधिक टोलिले रक्त संकलन गरेको थियो । संकलित रगत रक्तसंचार साखा भद्रपुरमा पठाईसकिएको छ ।
कार्यक्रम संचालनका लागि आवश्यक अनुमानित १० हजार माथिको खर्च मंगलज्योति टोल विकास संस्थाले ब्यहोरेको भन्दै सभापति नेपालले टोललाई धन्यवाद समेत दिनुभएको छ । उपसभापति सरिता घिमिरे लगायत संचालका समितिका अन्य सदस्यहरुले कार्यक्रमको ब्यवस्थापन गरेका थिए ।