इलामको सूर्योदय ४ छब्बिसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट उत्घाटन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक १, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःइलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ छब्बिसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बीओपी० उत्घाटन गरिएको छ । नेपाल भारत सीमा क्षेत्रको सुरक्षा र सिमामा हुने गरेका अवैध गतिबिधि नियन्त्रण गर्ने उद्देश्यले बीओपी स्थापना गरिएको जनाईएको छ । बीओपीको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहाल र इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले संयुक्त रुपमा उद्घाटन गर्नु भयो ।

बीओपी उद्घाटन गर्दै कार्यक्रमका अध्यक्ष सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले मातहतका प्रहरीलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिँदै स्थानीय समुदायको मन जित्ने गरी काम गर्न आग्रह गर्नु भयो ।उहाले, स्थानीय स्तरमा हुँने सामान्य समस्या स्थानीय नागरिक र प्रहरीको समन्वयमा निराकरण गर्नुपर्ने बताउँदै बीओपीले नेपाल भारतको सीमा क्षेत्रमा रहेर सीमानाको रक्षा गर्नुपर्ने बताउनुभएको छ । प्रहरी नायव महानिरीक्षक दाहालले पाँचथर , ताप्लेजुङ र झापाका सीमावर्ती क्षेत्रमा समेत चाडै बीओपी स्थापना गरिने जानकारी दिनु भयो ।

सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथी इलामका प्रमुख जिल्ला अधिकारी सेडाईले सीमा क्षेत्रमा हुने अवैधानीक गतिविधि रोक्न सशस्त्रका बीओपीले महत्वपूर्ण भूमीका खेल्ने बताउनु भयो । प्रजिअ सेडाईले नेपाल भारत बिच सीमा क्षेत्रमा बिगत देखि नै सामीप्यता कायम रहे पनि अवैधानिक गतिबिधि भने पूर्ण रुपमा बन्द गर्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो ‘सीमानामा बसेको सशस्त्र प्रहरीले आफनो भूमीको रक्षा गर्दै , शान्ति सुरक्षाको प्रत्याभूती नागरिकलाई दिने हो ।’

बिओपी स्थापना भएसंगै अवैध प्रकारका गतिबिधि रोकीने अपेक्षा गरिएको सूर्योदय नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मधुसुधन लामिछानेले बताउनु भयो । यस क्षेत्रमा बीओपी स्थापना भए पछि सीमा क्षेत्रका नागरिकले ढुक्क संग बस्न पाउने अवस्थाको शुरुवात भएको अध्यक्ष लामिछानेले बताउनु भयो । चालु आर्थिक बर्षभित्र प्रदेश १ को नेपाल भारत सीमा क्षेत्रमा २२ वटा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय