
गोबिन्द पौडेल,रोङ .इलामको रोङ गाउपालिकाले कृषि र पशुपालन ब्यवसायबाट गाउँमा आर्थिक समृद्धिको परिकल्पना गरेको भएपनि किसानको लागि पशु प्राबिधिक महंगो साबित भएको छ । पशुपालनको प्रसस्त संभावना रहेर पशुपालनमा धेरै किसानहरुको आकर्षण बढीरहेको बेलामा रहेका कृषि प्राबिधिकहरु निजी भन्दापनि महंगो भएको कारण किसानहरु सरकारी प्राबिधिक भन्दा निजी प्राबिधिकबाट सेवा लिन बाध्य बनाइएका छन् ।
पशुपालनमा संभावना देखेका वडा नम्बर ६ रम्भ्याङका सोम चाम्लिङले यसैबर्ष चाम्लिङ बंगुर फारम खोलेर दश वटा बिभिन्न जातका उन्नत बंगुरका पाठाहरु ल्याएर खोरमा छाडेका छन् । उनलाइ आधुनिक बंगुरपालन संम्बन्धि खासै ज्ञान छैन। सुनेको भरमा दानापानी गर्ने गरेका छन् । उनको फारममा वडामा रहेका पशु प्राबिधिक त आएका छैनन् । नौ वटा बंगुरका पाठाहरुलाइ खसी बनाउन वडा नं ६ मा रहेका पशु प्राबिधिकलाइ अनुरोध गरे । पशु प्राबिधिक बेदनिधि दहालले प्रति गोटा चार सय शुल्क लाग्ने बताएपछि हर्कटे बजार रहेका निजी एक भेटनेरीका प्राबिधिकसँग अनुरोध गरे । प्राबिधिक गोपाल खड्काले प्रतिगोटा २ सय पचास रुपैया शुल्क लिने बताए पछि नौ वटा पाठाहरु खसी बनाउन लगाए रु २ हजार पारीश्रमिक दिएको बताए । उनले भने मैले सरकारीमा निशुल्क सेवा पाइएला भन्ने लागेको थियो तर निजीमा भन्दा पनि दोब्वर महंगो सेवा शुल्क लाग्दो रहेछ त्यस्रले निजीबाट नै सेवा लिन बाध्य भए ।



वडा नं ६ का रहेका पशु प्राबिधिक दहालसँग बुझ्दा आफुसँग किसान सोम चाम्लिङ्गको कुरा भएको र धागो निकाल्नु पर्नेगरि खसी बनाउदा आफुले २ सय पचास र धागो ननिकाल्ने गरि सेवा दिदा ३ सय पचास देखी चार सय सम्म सेवा शुल्क लिने कुरा भएको बताए । तर निजी प्राबिधिक गोपाल खड्काले धागो ननिकाल्ने तरिकाको सेवा २ हजारमा दिएको किसान चाम्लिङ्गले बताए । पशु प्राबिधिकहरुले दिने सेवा र शुल्कको बारेमा गाउँपालिकाका पशुशाखा प्रमुख मिग्मारिन्जी र्शेपासँग कुरागर्दा प्राबिधिकहरुले प्रयोग गर्ने सामाग्रीहरु आफै ब्यवस्थापन गर्नु पर्न गरेको र फिल्डमा गएर प्रदान गरिने सेवाहरु किसान र प्राबिधिकहरुको समझदारीमा सकेसम्म न्यून शुल्कमा गरिने गरेको तर सेवा केन्द्रमा दिइने सेवाहरु भने निधारीत राजस्व लिएर निशुल्क सेवा प्रदान गरिने बताए । पशु पालनको प्रसस्त संभावना रहेको रोङ गाउँपालिकामा अहिले पाँचजना पशु प्राबिधिकहरु कार्यरत रहेका छन ।