जनप्रतिनिधिको कुटाईबाट छिमेकी घाईते

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मोरङको पथरीशनिश्चरे–४ नम्बर वडा सदस्य अमर बराइली ९बिक०ले छिमेकीलाई कुटपिट गरि घाइते बनाएका छन ।
वडा सदस्य वराईलीले छिमेकी १६ बर्षिय बिकल बर्देवालाई बाँसले कुटपिट गरी घाइते बनाएका हुन् । कुटपिटबाट बर्देवाको टाउको र दुबै खुट्टामा निलडाम देखिएको छ । उनको पथरीशनिश्चरे नगर स्थित पथरी अस्पतालमा उपचार भईरहेको पीडित बिकलका दाजु विशाल बर्देबाले बताए । कुटपिटबाट घाइते बिकलले वडा सदस्य अमर बराइली विरुद्द इलाका प्रहरी कार्यालय पथरीमा अभद्र व्यवहार सम्बन्धि उजुरी दिएका थिए । बराइली र बर्देवा विच इप्रकामा आइतबार छलफल भएको थियो ।

यसरी भयो घटना
वडा सदस्य बराइलीको घरमा शनिबार कोजाग्रत पूर्णिमाको साँझ कार्यक्रम थियो । कार्यक्रममा आफन्तहरुको वीचमा सामान्य नाचगान चलिरहेको थियो । कार्यक्रममा अमर बराइलीको छोरा बिकास बराइलीले आफ्ना साथी बिकललाई बोलाएर सँगै उनको घरमा गएका थिए ।

घरमा पुगेर दुबैजनाले कार्यक्रम हेरिरहेको बेला वडा सदस्य बराइली एक्कासी बाँस बोकेर आई कुटपिट गरेको पीडित बिकल बर्देबाले बताए । बाबु आएपछी उनका छोरा बिकास भने भागेका थिए । बाँस बोकेर आएको देखेपनी केही गल्ती नभएका कारण आफु नभागेको तर कुटपिट गरेको उनले बताए ।

बराइलीले भने राती ११ बजे घरमा आएको कारण कुटपिट गरेको भनेपनी त्यो बेला १० मात्र बजेको पिडित पक्षको भनाइ छ । नगरपालिका ४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारीसहितको छलफलमा अमर बराइलीले कुटपिट गरेर गल्ती भएको स्वीकार्दै औषधि उपचार खर्च गर्ने सहमति भएको छ । टाउकोमा निलडाम भएकोले बिरामीको अवस्था सुधार भएपछि मेलमिलाप गर्ने लिखित सहमती भएको घाइतेका दाजु विशाल बर्देबाले बताए ।

वडा सदस्य अमर बराइलीले यस अघि पनि वडाका एक महिलालाई जग्गा सिमानाको बारे अर्का ब्यक्तीले कुटपिट गरिरहदा नजिकै बसेर हेरिरहेर जनप्रतिनिधिको भूमिका ननिभाएको र यो घट्नाको बारेमा सम्झाएर पठाएको इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी दिलिपकुमार गिरीले बताए । अमर बराइलीकै अगाडी अर्का ब्यक्तिबाट महिला पिटिएको र बराइलीले कुनै भूमिका नगरेको भिडियो नै सार्वजनिक भएको थियो ।ब्लाष्टखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय