गोबिन्द पौडेल,रोङःकृषिमा संभावना खोज्दै सुर्योदयका एक युवा ब्यवसायिक बट्टाइ र कुखुरा पालनमा लागेका छन् । दश बर्ष सम्म निजी बिद्यालयमा शिक्षण सेवा गदै समाचार समेत लेख्ने संचारकर्मी समेत रहेका सुयोदय नगरपालिका ६ कन्यामका शिक्षित युवा गोपाल गिरी अहिले भने ब्यवसायिक रुपमा नै बट्टाइ र कुखुरा पालनमा लागेपछि उनको फाम हेर्दा पनि लोभलाग्दो बनेको छ ।
उनले करिव ३ लाख लगानी गरेर ५ सय पाल्न मिल्ने क्षमताको खोर निमार्ण गरि थालेको यो पेशामा गत साउनमा १ सय ३० वटा बट्टा र १ सय ५५ वटा लोकल कुखुरा राखेका छन् । इलाम र कन्याममा पर्यटकहरुले स्थानिय उत्पादन परिकार र नँयापनको खोजी गर्ने बुझेका उनले पर्यटकहरुको चाहना पूरागर्न यो ब्यवसाय रोजेको बताए । अहिले सम्म रुची र इच्छा भएपनि कुनै सरकारी निकायबाट तालिम र सहयोग नपाएको बताउने गिरी कुखुरा पालनको लागि अग्रज किसानहरु र बिज्ञहरुले युटुवमा राखेको सामाग्रीहरुबाट नै प्रेरणा र गुरु भएको बताउछन् ।
पाल्पामा बट्टाइ पालन संबन्धि सामान्य ज्ञान लिएको गिरीले स्थानिय होटल र रेस्टुरेन्टहरुमा बिक्री गर्न गरेका छन । बट्टाइको अण्डालाइ औषधि गुणको खानीको रुपमा लिइन्छ , दम निमोनिया, रुघाखोकि, सुगर ,ग्यास्टिक , नियन्त्रण , शरिरमा भएको अनावश्यक टक्सिन निकाल्ने , हड्डी मजबुत गर्ने, किड्नी ,लिबर र छालालाइ स्वस्थ्य राख्ने महिलाहरुको महिनावारी नियमितता यौन दुर्वलता हटाउने , शरिरमा रोग प्रतिरोगात्मक क्षमता बढोने जस्ता अनेको रोगको लागि बट्टाइको अण्डालाइ लाभकारी मानिने गरेको छ ।