गोबिन्द पौडेल,रोङःकृषिमा संभावना छैन भनेर गुनासो आइरहँदा सुर्योदय ६ तारगाउँका एक युवा ब्यवसायिक विभिध कृषिकर्ममा लागेका छन् । नेपालका कृषिमा आधुनिकिकरण नहुँदा पैसठी प्रतिशत भन्दा नागरिक लागेका भएपनि कृषकको जीवनस्तर सुधार नभएको अवस्थामा सूर्योदय ६ तारगाउँका दुर्गा निरौला कृषिमा भबिश्य रहेको देख्दै निजी लगानीमा गाउँमा माछा, कुखुरा, तित्रा र बंदेल पालनको सोचमा जुटेर १५ लाखभन्दा बढी लगानी गरेको उनको कृषि फाम अहिले हेर्न लायक नै बनेको छ ।
उनले आफ्नै जन्मथलो तारगाउमा करिब २५ रोपनि जमिनमा ब्यवसायिक कृषिकर्ममा लागेका हुन । अहिले उनका स्वामित्वमा रहेको सिमसार आलगैरीलाइ करिव १० लाखको लगानीमा ६० मिटर लम्वाइ र २८ मिटर चौडाइ भएको सुन्दर पोखरी निमाण गरि गत बैशाख को अन्तमा आठ हजार माछाका भुरा छाडेकोमा अहिले ती माछाहरु तीन किलो सम्मका भएको छ । उक्त पोखरीमा जादा लमतन्न घाम तापेका र दानामा लुछाचुडी गदै गरेका देख्दा माछापालन साच्चैको लोभलाग्दो भएको छ । माछासगै उनले १ सय जती लोकल कुखुरा , ७० बटा तित्रा, टकी र ३ बटा बदेल पनि पालनका छन् ।
पोखरीमा कमनकार्प, ग्रासकार्प र बिगहेड जातकोे माछाका भुरा छाडिएको थियो । अहिले उक्त माछाहरु बेच्ने तैयारी अवस्थामा रहेको छ । गत बर्ष मात्रै करिव साढे २ किलोमिटर टाढाबाट ४० एम एमको पाइपमा पानी ल्याएका थिए । पहिला अलैची खेती गर्ने सोचले पानी ल्याइएको भएपनि रोपीएको अलैची मरेर स्वाहा भएपछि उनको मन ब्यवसायिक माछा पालनमा बदलिएको हो । वरिपरि चियाबारीको बिचमा रहेको धेराबारा सहितको सुन्दर पोखरी माछा पालनको लागि मात्रै हैन रमिते गैरी पनि भएकोले उनको ब्यवसायले भबिष्यमा पर्यटन बिकासको पनि गतिलो संभावना बोकेको छ । गाउबिचमा रहेको पोखरी उनको आम्दामी, गाउको शोभा मात्रै हैन आसपासका जमिनको चिस्यान त हुनेनै छ ।
पोखरीबाट निस्केको निकासको पानीले तल्लो खण्डमा पनि माछापालन र कृषि सिन्चाइमा प्रयोग गर्न सकिन भएकोले उक्त पोखरीको निकास पानीबााट तल्लो क्षेत्रमा अन्य पोखरीहरु निमार्ण गरिने तैयारीमा रहेको स्थानिय सदिप गुरुङ बताउछन् । नजिकैको हर्कटे बजारमा कृषि उपज र खाध्यान्नको ब्यापार गदै रहनु भएका उनले बारीमा एक सय किबि , इस्कुस लगायतको तरकारी र फलफुलको खेती समेत थालेका छन । ओरालो लाग्दै गरेको कृषि पेशालाइ सम्मानजनक र लोभलाग्दो बनाउन उनको जस्तो प्रयासमा सरकारले साथ र प्रेरणा दिनसके कृषि ब्यवसायबाट नै समृद्धि हासिल गर्न र बिदेसिने युवाहरुको लर्को रोक्न सकिनउनको कार्य उदाहरणिय बनेको छ ।
यता किसानले ब्याक्तिगत रुपमा सानो लगानीमा गरेको कृषि कर्मले उत्पादन नै थालिसकेको भएपनि सोही गाउमा सरकारले ८० लाख खर्च गरेर निर्माण गरेर बनाएको थलथले पोखरी भने अलपत्र अवस्थामा रहेको छ । सूयोर्दय नगरपालिकाले निमार्ण गरेको जलाशय युक्त उक्त पोखरीले पोखरीको आकार पाएको भएपनि अहिलेसम्म कुनै उपयोगमा आउन नसकेको स्थानिय युवा ज्ञानु भट्राइको भनाइ रहे्को छ । हर्कटे जिर्मले सडकको नजिकै चियाबारीको थुम्काथुम्कि बिचमा रहेको अग्लो स्थान, नजिकै बिद्यालय खेलमैदान र मन्दिरको नजिकमा थलथले पोखरी निमार्ण हुदा स्थानिय बासीहरुले अव ठुलै प्रगती हुन्छ भनेर अपेक्षा गरेका थिए ।