इलामका पत्रकार गौतम जिपी फाउन्डेसन अमेरिकाद्धारा सम्मानित

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,लामो समयदेखि पत्रकारिता क्षेत्रमा कलम चलाउदै आएका इलामे युवा पत्रकार युवराज गौतमलाई जिपी फाउन्डेसन अमेरिकाले सम्मान गरेको छ ।
प्रवासी नेपालीहरुसंग सम्बन्धित समस्या तथा मुद्दाहरुमा कलम चलाएवापत गतबर्ष अन्तराष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कार २०१९ बाट पुरस्कृत भएका युवराज गौतमलाई यश पटक जिपी फाउन्डेसन अमेरिकाले सम्मान गरेको छ ।

कोरोना भाइरसको जोखिममा विदेशमा रहेका नेपालीहरुको मुद्दामा समाचार लेखेवापत जिपी कोइराला फाउन्डेसन, अमेरिकाले सम्मान गरेको हो । इलामको सूर्योदय नगरपालिका निवासी गौतम विगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल छन् । पत्रकार गौतम हाल इमेज च्यानलमा काम गर्दै आइरहेका छन । गौतमले विशेषगरि इलामको पर्यटनको बारेमा कलम चलाउदै आइरहेका छ्न ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय