आइतबारबाट प्रदेश १ मा सार्वजनिक यातायात अनिश्चितकालका लागि बन्द

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक २२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

यातायात व्यावसायीले आइतबारबाट अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेका छन् । प्रदेश सरकारले राहत नदिएको विरोधमा व्यावसायीले आइतबारबाट अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेका हुन ।

सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश १ ले सरकारले आफ्ना माग सम्बोधनका लागि पटक पटक आग्रह गरेपनि अटेर गरेका कारण बन्द गर्ने निर्णय भएको महासचिव रमेश खत्रीले जानकारी दिए ।

लकडाउन अवधीको सवारी करमा पूर्ण छुट दिनुपर्ने, बैंकको व्याजमा सहुलियित दिनुपर्ने, कात्तिक मसान्तपछि सवारी करमा बिलम्ब शुल्क लाग्ने निर्णय खारेज गर्नुपर्ने लगायत नौं बुदे माग सम्बोधन नभएपछि यातायत बन्द गर्न लागिएको उनले बताए ।

२३ गते आइतबारबाट बस, टेम्पो, सिटी सफारी ढुकानीका साधनलगायत सबै बन्द हुने उनले बताए ।कोसीअनलाईनबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय