रोङ ६ को झण्डीडाँडाबाट सूयोदयको सुन्दर दृश्यावलोकनः पर्यटन प्रवर्धनको गत्तिलो सम्भावना

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

गोबिन्द पौडेल,रोङःस्थानिय प्राकृतिक सम्पदा र संस्कृतिको पवर्धन गरेर पनि समृद्ध रोङ बनाउन सकिने रोङ गाउँपालिकाका अध्यक्ष शमसेर राईले बताउनु भएको छ ।

स्थानिय बासीहरुकै प्रयासमा पर्यटक गन्तब्यको नयाँ गन्तब्य रोङ ६ को झण्डी डाँडामा सूयोदयको दृश्यावलोकन पछि आयोजित पत्रकार संम्मेलनमा गाउँपालिका अध्यक्ष शमसेर राइले सो कुरा बताउनु भएको हो । पूर्वाधारको विकास सँगै झुल्केघाम हेर्नको लागि झण्डी डाँडामा पर्यटकहरुको जमघट हुन थालेको रोङ ६ मा रहेको झण्डीडाको बिकासमा क्रियाशिल रहेको किरात फ्रेण्स क्लवद्धरा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका अध्यक्ष राइले सो कुरा बताएका हुन ।

स्थानिय बासीहरु सक्रिय रहेर लागि परिरहेको बेलामा गाउँपालिका स्थानिय सरोकारवलाहरुसँग सहकार्य गर्न तयार रहेकोले झण्डी डाँडाको योजनाबद्ध विकास र प्रवर्धनको लागि डि, पि, आर निमार्ण गरेर यसैबर्ष काम थालिने जानकारी गराउनुभयो । झण्डीको बिकासको मात्रै हैन संभावना बोकेको रोङका हरेक स्थानको प्रर्बधन गरेर आन्तरीक रोजगारीको समेत बिकास गरि समृद्ध रोङको संभावना खोजिने गाउपालिकाको योजना रहेको उहाँको भनाइ रहेको छ ।

प्रचुर संभावना रहेर पनि प्रचार प्रसार अभाव रहेको रोङ गाउँपालिका वडा न ६ मा रहेको चुरे पहाडको सबैभन्दा अग्लो झण्डीडाँडाको प्रचारको लागि किरात फ्रेण्स क्लव आयाजित पत्रकार सम्मेलनमा रोङ गाउपालिकाका कार्यकारी प्रसासकिय अधिकृत प्रयास भट्टराइ, वडा नं ५ र ६ का वडाध्यक्षहरु क्रमस युवराज खाप्तुवा राइ र मनिकुमार स्याङ्गबो सुवास सहित इलाम, झापा र सुनसरीका करिव दुईदर्जन जति पत्रकारहरुको उपस्थिति रहेको थियो । होमस्टे र होटलको ब्क्यवस्था नभएपछि आगान्तुक पाउनाहरुलाइ आयोजकले झण्डीडाँडामानै टेन्टको ब्यवस्थागरि बसाईएको थियो ।

भारत र तराइको नजिकै रहेको अग्लोडाँडो झण्डीबाट सूयोदयको दृश्यावलोकन सगसगै नजिकै अनाकन्टर गिद्धे पहरो, जैबिक बिबिधता हिम सृखलाहरु सँगै हिमाल पहाड तराइ सगै नेपालका धेरै भागहरु सहित भारत र भुटानको दृश्यावलोकन समेत गर्न सकिने भएको कारण मानिसहरुको रोजाइ बन्न थालेको हो ।

पर्यटन बिकास र नागरिकहरुको सहजताको लागि रोङ गाउपालिकाले पहिलो चरणमा हर्कटे, धजे, सलकपूर काकडभिट्टा सडक उक्त डाँडोबाट नै निमार्ण गरेपछि झण्डी डाँडो क्रमस पर्यटकिय थलो बन्दै गएको हो । अग्लो डाडोको नजिकै स्थानिय बासीहरुले सानो आहालमा खेलमैदान निमार्णको काम थालेपछि अझ फस्टाउदै चर्चा बटुल्न थालेको झण्डी डाँडोमा अहिले सानातिना प्रतियोगिता संचालन गर्न मिल्ने खेल मैदानको निमार्ण गरिसकेको किरात फ्रेण्स क्लबका अध्यक्ष जीवन राइले बताउनुभएको छ । अहिले किरात फ्रेन्स क्लव सानानिता खेल प्रतियोगिता सहित नियमित सरसफाइ र संरचना निमार्णको लागि अहोरात्र खटिने गरेका छ ।

रोङ गाउपालिका वडा नं ६ ले पनि झण्डी डाँडालाइ भबिश्यमा आर्कषक पर्यटक गन्तब्य स्थल बनाउन गत बर्ष देखी नै लालिगुरास रोपण कार्य थाली करिव १५ हजार बिरुवा रोपिसकेको छ । नजिकै तराइमा गर्मी मौसममा नजिकै रहेको अग्लो पहाड राताम्य लालिगुरास फुलेपछि पर्यटकहरुको रोजाइ झण्डीडाँडो हुने निश्चित रहेपछि नाङ्गो डाँडोमा गुरास रोपन र स्याहारको कार्यक्रम निरन्तर रहिरहेको रोङ ६ का वडा सदस्य केशर प्रधानले बताउनुभयो ।

रोङ गाउपालिकाले भने गाउँपालिका भित्रको हरेक संभावना बोकेको स्थानहरुलाई जोडेर पर्यटन प्रबधन गर्ने योजना अनुुसार पाटापुर सलकपुर झण्डी समिते हल्लने हाँसपोखरी कन्याम सम्म २९ किलोमिटर साइक्लििङ मार्ग, सातबटा होमस्टे पोइन्टको बिकास तीनबटा भ्यू पोइन्ट र तीनवटा सास्कृतिक पार्क निमार्णको अबधारण सहित चालु बर्षमा २५ लाखरुपैया बिनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय