नेकपा फु्टको संघारमा होइन मजबुत बन्दैछ,कसैले रोटी बेल्दैछ भने सेकाउने ठाउँ पाउँदैनः पुर्वप्रधानमन्त्री खनाल

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलःपुर्व प्रधामन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी का वरिष्ठ नेता झलनाथ खनालले नेकपा कुनै हालतमा नफुट्ने दाबी गरेका छन्। नेकपाभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्न पनि बताए । सोमबार गृह जिल्ला इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अस्पताल शिलान्यास कार्यक्रममा उनले भने, ‘नेकपा फुटिदिन्छ कि मैले ठूलो भाग खान पाउँछु कि। मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ। अहिलेदेखि कसैले रोटी बेल्दैछ भने सेकाउने ठाउँ पाउनुहुन्‍न।’

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले नेकपाको अहिलेको छलफल र बहस देखेर पार्टी फुटको संघारमा पुगेको अड्कलबाजीहरु मिथ्या सावित हुने बताए। मिडियाले प्रचार गरे जस्तो नेकपा कच्चा नभएको उनले जिकिर गरे। ‘खास गरेर मिडियामा बसेका कच्चा मानिसहरुले गलत कुराको प्रचार गरिरहेका छन्। नेकपा फुट्छ भनेर कुर्लिएका छन्। तर म तपाईहरुलाई भन्छु नेकपा फुट्दैन, नेकपा टुट्दैन यो स्पातले बनेको पार्टी हो। यसलाई कसैले पनि फुटाउन सक्दैन्,’ वरिष्ठ नेता खनालले भने, ‘पार्टीभित्र अहिलेको चलेको बहस र छलफलले अझै मजबुत बनाउँछ।’

अहिलेको बहस पार्टीको एकताको पक्षमा रहेकाले नडराउन नेता खनालले कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। ‘नेकपालाई कसले फुटाउन सक्छरु कुन नीतिले फुटाउन सक्छरु कुन कानुनले फुट्न सक्छरु हामी चुनौती दिन चाहन्छौ,’ उनले भने, ‘हामीलाई फुटाउने भनेको संविधान बमोजिम, कानुन बमोजिम फुटाउन सक्नुपर्छ। तर संविधान र कानुनले पार्टी फुटाउन दिँदैन तसर्थ हामी पार्टीलाई जोड्ने पक्षमा छौं। बहस र छलफलबाट आत्तिनुपर्ने कुरा छैन।’

खनालले देशका सबै स्थानीय तहमा अस्पताल खोल्ने अभियानमा सरकारबाट ढिलाई भइरहेको बताए । उनले १० महिना अघि नै सरकारले यो कदम चालेर बजेट ल्याउनुपर्नेमा ढिलाई भएको बताए । उनले कोरोनाले देशभरलाई गाजेर ल्याएकाले सबैले सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता रहको बताए । ‘ कोरोनाले अहिले २÷३ प्रतिशत मात्र मृत्यु भइरहेको छ । तर मृत्यु हुनेहरु मध्ये कसै कसैलाई नराम्रो ढंगले गाजेको छ । इलाममा मात्र १३ जनाको कोरोनाका कारण मृत्यु भयो । यसलाई खेलाची नसम्झिउँ ।’ खनालले भने ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगर उपप्रमुख दुर्गादेवी भट्टराईले नगरपालिकामा १५ शैय्याको अस्पताल शिलान्यासले जनतालाई स्वास्थ्य सेवा प्रवाहमा केही सहज हुने बताइन् । उनले स्वास्थ्य क्षेत्रमा अहिलेसम्म भोगेका समस्याहरुलाई केही हदसम्म समाधानका लागि केन्द्रिय सरकारको कार्यक्रम सहयोगी बन्ने धारणा राखिन् ।
इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले स्वास्थ्य सेवालाई आधुनिक र जनतालाई घर आगनमा स्वास्थ्य सेवा पु¥याउन सबै स्थानीय तहमा अस्पताल खोल्नु सराहनिय भएको बताए । उनले यसले आम नागरिकहरुलाई राष्ट्र प्रति विश्वास जागेको धारणा राखे ।

फिक्कल स्वास्थ्य केन्द्र व्यवस्थापन समितीका अध्यक्ष एवम वडा नं १० वडाध्यक्ष पेमा उगेन लामाले १५ बेडमा मात्र सिमित नराखी २५ बेडमाथि पु¥याउने लक्ष्य राखिएको बताए । उनले अहिलेको विरामीहरुको चापलाई हेर्दा स्वास्थ्य बिमाबाट सेवा प्रवाहमा फिक्कल देशकै अब्ब्ल रहेको धारणा राखे । उनले हाल अस्पतालको स्वामित्वमा ९ रोपनी २ आना जग्गा भएकाले त्यसमा ३ आना थप भए २५ बेडको बनाउनका लागि पर्याप्त हुने बताए ।

कार्यक्रमलाई समापन गर्दै नगर प्रमुख रणबहादुर राईले कोरोनाले विकासको कामलाई प्रभावित पारेको बताए । उनले २ महिनाको अवधिमा नगरको बजेट बाहेक १ सय करोड बराबरको योजनाको शिलान्यस र संचालनको तयारी भएपनि कोरोनाका कारण केही पर धकेलिएको बताए । उनले १८ करोडको १५ शैय्याको अस्पताल सहित २३ करोडको लागतमा चिया परिक्षण केन्द्र र करिब ६५ करोडको लागतमा खानेपानीका योजनालाई अघि बढाइने बताए ।

उनले पुरानो निर्देशिकामा परिमार्जन भएकाले अब १५ शैय्या माथिको अस्पताल बनाउनका लागि केही सहज हुने बताए । राईले पुरानो निर्देशिका अनुसार २५ शैय्याको अस्पतालको लागि १२ रोपनी जग्गा आवश्यक पर्ने भएपनि अहिले परिमार्जनले ५ सय मिटर आसपास थप संरचना बनाउने अनुमती दिएकाले सूर्योदयले निकट भविष्य शैय्या थप गर्न सक्ने बताए । आज नै खनालले इलामको माई नगरपालिकामा समेत अस्पताल शिलान्यास गरेर काठमाण्डौ फर्कनेछन् ।लोकलसन्देशबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय