कृषि उत्पादनमा सहकारीले बिचौलियाको अन्त्य गर्नु पर्छः राज्यमन्त्री राना

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

माईः सहकारी संस्थाहरुले कृर्षि उत्पादनमा बिचौलियाहरुको अन्त्य गर्नु पर्ने १ नम्बर प्रदेशका भूमि व्यवस्था, कृर्षि तथा सहकारी राज्य मन्त्री राम रानाले बताएका छन् । उनले कृषि सहकारी संस्थाले कृषकले उत्पादन गरेका कृषि सामाग्रीको ब्यवसायिकरण र बजारीकरणमा ध्यान दिनुपर्ने धारणा राखे ।

इलामको माई नगरपालिका–४ शुक्रबारे गैरीगाँउमा साना किसान महिला कृषि सहकारी संस्थाको नबनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रानाले केही सहकारी संस्थाहरु सरकारको भन्दा बढी पुँजीगत कारोबार गर्ने भएकाले थप कार्य गर्न सक्ने धारणा राखे। उनले महिला मात्रैले सञ्चालन गरेको सहकारी पारदर्शि र चलायमान रहने भन्दै त्यस्ता सहकारीमा भष्ट्रचारको गुञ्जायस नरहने धारणा व्यक्त गरे ।

सहकारी संस्थाको नवनिर्मित २ तले भवन उद्घाटन कार्यक्रममा मन्त्री रानाले भुगोल, क्षेत्र र समुहका आधारमा सा–साना सहकारी एक हुन समेत सुझाब दिए । इलामबाट प्रदेश सांसद समेत रहेका मन्त्री रानाले प्रदेश सरकारले कृर्षिमा यन्त्रीकरण सहयोग गर्ने बताए ।

झापाबाट इलाम, देउमाई, माङ्गसेबुङ्ग, रबि–राके सम्मको सहज सडक सञ्जाल रहेको तथा मदन भण्डारी राजमार्ग समेतले छुने माई नगरपालिकाबाट कृषिजन्य उत्पादन, संकलन, बजारीकरण गर्न सबैमा आग्रह गरे । उनले चुरे क्षेत्रमा रहेका ब्यबसायिक खेतिका रुपमा सजिवन ९मोरिङ्गो०, फलफुल, जंगली बाँस तथा माछा पालन उपयुक्त रहने धारणा व्यक्त गरे ।

करिब ८० लाख रुपैयामा निर्माण सम्पन्न भएको सहकारी संस्थाको उद्घाटन कार्यक्रममा इलामका प्रदेश सांसद काजीमान कागते, धिरेन्द्र शर्मा रमण, नगर प्रमुख दिपक कुमार थेबे, उपप्रमुख बिष्णुमाया आचार्य, वडाध्यक्ष सुर्य प्रसाद दुलाल, रामप्रसाद सदेम्वा, भक्त बहादुर आङ्गदम्बे, खम्बसिंह लिम्बु, मुखराज आङ्गदम्बे, नेकपाका नेता ध्रुव श्रेष्ठ, बुद्धि खनाल, शिबलाल आचार्य, भक्त बहादुर लुङ्गेली लगायतको आतिथ्यता रहेको थियो ।

सहकारी संस्थाका सचिव रन्जना थापाको सञ्लन, बिना मगरको स्वागत रहेको भवन उद्घाटन कार्यक्रमको अध्यक्षता कल्पना मगरले गरेकी थिइन् । यसैबिच प्रदेश सरकारको सहयोगमा माई–४ डाँडा गाँउमा नसिब निर्माण सेवा इलामले निर्माण गर्दै गरेको चिस्यान केन्द्रको समेत मन्त्री रानाले अनुगमन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय