इलामका पत्रकार घिमिरेलाई “आशिष स्मृति पत्रकारिता पुरस्कार”

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम ,नेपाल पत्रकार महासंघ इलाम शाखाको साधारणसभा आगामी माघ १० गते हुने भएको छ । आज बसेको जिल्ला कार्य समितिको बैठकले साधारणसभाको मिति ताकेको हो । त्यसैगरी शाखाले सदस्यता शुद्धिकरण अभियान अन्र्तगत जनप्रतिनिधि, निजामती कर्मचारी र पिआर लिएका सदस्यहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।

महासंघले यस अघि नै केन्द्रिय समितिको निर्णय अनुसार खारेज गर्ने सुची पठाइसकेको भएपनि छुटेका केही नामलाई समेत समावेश गरेर केन्द्र र प्रदेशलाई पठाइने भएको छ । कोरोनाका कारण यस बर्ष बैशाख १ गते वितरण गर्न नसकेको आशिष स्मृति पत्रकारिता पुरस्कार साधारणसभाको अवसरमा गणेश घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पत्रकार आशिष राईको स्मृतिमा स्थापित पुरस्कार आउँदो माघ १० गते प्रदान गरिने निर्णय गरेको हो । घिमिरे डेढ दशकदेखि इलामलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका छन् । विसं २०६२ मा ‘पूर्वाञ्चल दैनिक’बाट पत्रकारितामा पाइला चालेका उनले ‘सन्दकपुर’ दैनिक, ‘विवेचना’ दैनिक, ‘तराई टेलिभिजन’ र ‘आर्थिक अभियान’मा काम गरिसकेका छन् ।

घिमिरे हाल इलामको रेडियो ‘नेपाल वाणी एफएम’का समाचार सम्पादक, ‘इलाम एक्सप्रेस’ दैनिकका संवाददाता र ‘नेपाल समाचारपत्र’का इलाम संवाददाताको रुपमा कार्यरत छन् । पत्रकार महासङ्घ इलामले वर्षेनी साविक मेचीका एक पत्रकारलाई पुरस्कार गर्ने गरेको छ । रेडियो नेपालका इलाम संवाददाता आशिष राईको नयाँ वर्ष मनाउँदा २०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो ।

यसअघि सो पुरस्कारबाट इलामका पत्रकार बेनुप भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं र नमीन ढकाल, पाँचथरका गणेश साङ्पाङ्ग, झापाका मोहन काजी र रमेश समदर्शी राई तथा ताप्लेजुङ्गका आनन्द गौतम,सिता निरौला र चन्द्र पन्धाक पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय