
रोङ, रोङ गाउँपालिका वडा नं ६ मा रहेको सरस्वती माध्यामिक बिद्यालयको ६४ आँै बार्षिक उत्सव शुक्रबार सम्मान बिदाइ र स्वागत कार्यक्रम गर्दै सम्पन्न भएको छ । कोभिड प्रकोपको कारण निर्धारित मिति भन्दा केही समय पछि धकेलीएको सो बार्षिक उत्सवमा यसै शैक्षिकबर्षमा सेवा निवृत्त हुनुभएका प्रधानाध्यापक डुकराज पौडेलको सम्मान र बिदाइ साथै अर्को बिद्यालयमा सरुवा भइ जानुभएका शिक्षक द्धय किरण अर्याल र सन्तोषी कुमारी सिहको बिदाइ गरिएको थियो । बिद्यालयमा भरखरै आउनु भएका चारजना शिक्षकहरु बिश्वनाथ भट्टराइ, युवराज राइ देबीलाल राइ र धनकुमारी प्रधानको स्वागत गरिएको थियो । ३२ बर्ष बिद्यालयमा निरन्तर सेवा गरि २८ बर्ष प्रधानाध्यापकको जिम्बेवारी बोकेर सेवा नबिृत्त हुनुभएका डुकराज पौडेललाई फुलमाला , सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान र बिदाइ गरिएको थियो अन्य बिदाभएका शिक्षकहरुलाइ मायाको चिनो र प्रसंसा पत्र प्रदान गरिएको थियो । रोङ गाउपालिकाको अध्यक्ष समसेर राइको प्रमुख आतिथ्यता, उपाध्यक्ष चन्द्रकला राइको बिशेष आतिथ्यता रहेको सो कार्यक्रममा बिद्यालयको बर्तमान अवस्थाको बारेमा प्रधानाध्यापक गोबिन्द पौडेलले प्रस्ट पारेका थिए । बिबिध वाल साँस्कृतिक कार्यक्रम समेत रहेको कार्यक्रममा बिद्यार्थी प्रबिन राइले स्वागत मनतब्य राखेका थिए । कार्यक्रम शिक्षक सोमनाथ भण्डारीले संचालन गरेका थिए ।


