
इलाम,सरकारले विद्युतीय राहदानी ९ई(पासपोर्ट० मा के के राख्ने भनेर टुंगो लगाएको छ । जसमा इलामको पर्यटकीय क्षेत्र कन्याममा रहेको सुन्दर चियाबारी पनि समावेश छ । विभिन्न पृष्ठका लागि ३५वटा तस्वीर टुंगो लगाइएको छ भने अन्य ५ वटा तस्वीरहरुलाई बैकल्पिक रुपमा प्रयोग गर्न सकिने गरी सरकारले स्वीकृत गरेको छ । सरकारले विद्युतीय राहदानी ई–पासपोर्ट छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एन्ड सेक्युरिटीलाई दिइसकेको छ ।
आईडीईएमआईएले करिब २ अर्ब ४८ करोड रुपैयाँ ९२ करोड ११ लाख अमेरिकी डलर० मा ई(पासपोर्टको छपाईको ठेक्का पाएको छ । मन्त्रिपरिषद बैठकको निर्णयपछि ई(पासपोर्टमा रहने तस्वीरहरुको टुंगो लगाएपछि अब सरकारले तोकिएका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र ठाउँहरुको फोटो संकलन गरेर छपाइको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।



पुस १० गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयअनुसार ईपासपोर्टको पहिलो र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा रहनेछन् । पहिलो पृष्ठमा सगमाथा रहनेछ । दोस्रो पेजमा पोलिकार्बोनेट डाटा पेज हुनेछ तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौंमा एक सिंगे गैँडा, आठौं र नवौंमा चाँगुनारायण मन्दिर, दशौं र एघारौंमा इलामको कन्याम बगान र बाहौं र तेह्रौंमा लालीगुँरासको तस्वीर रहनेछ । चौधौं र पन्ध्रौंमा पशुपतिनाथ मन्दिर, सोह्रौं र सत्रौंमा मिथिला आर्ट, अठारौं र उन्नाइसौंमा धान रोपाइँका तस्वीर रहनेछन् ।
२० र २१औंमा कुमारी, २२ र २३औंमा माथिल्लो मुस्ताङ, २४ र २५औंमा बाघ, २६ र २७औंमा जुम्लाको सिंजा उपत्यका, २८ र २९औंमा देशय् मरू झ्या, ३० र ३१औंमा जानकी मन्दिर, ३२ र ३३औंमा करुवा, ३४ र ३५ औंमा हात्ती, ३६ र ३७औंमा रानीपोखरी र ३८ र ३९औंमा हनुमानढोका दरबारका फोटो रहने छन् ।
४० र ४१ औं पृष्ठमा धरहरा, ४२ र ४३औंमा भुर्तिका देवल,४४ र ४५औंमा पाटन दरबार क्षेत्र, ४६ र ४७ औंमा पुतली, ४८ र ४९ औंमा बौद्धनाथ, ५० र ५१ औंमा भक्तपुर दरबार क्षेत्र, ५२ र ५३ औंमा महाकाली पुल, ५४ र ५५औंमा कृष्णसार, ५६ र ५७ मा ट्रकिङ ९सगरमाथाको लुबुचे जाने क्षेत्र०, ५८ र ५९औंमा रानीमहल, ६० र ६१ औंमा रारा ताल, ६२ र ६३औंमा माथिल्लो तामाकोसी र ६४ औंमा सिंहदरबारको तस्वीर रहनेछ ।
तिलिचो ताल, सेफोक्सुन्डो ताल, खप्तड पाटन क्षेत्र, माच्छापुच्छ्रेको छायासहितको फेवा ताल र माथिल्लो तामाकोसी प्रसारणलाइनलाई वैकल्पिक तस्वीरका रुपमा रोजिएको छ । अहिले नेपालले मेसिन रिडेबल पासपोर्ट प्रयोग गरिरहेको छ । अब अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आईकाओ० को मापदण्ड अनुसार नेपालले पनि विद्युतीय राहदानी प्रयोग गर्न लागेको हो ।
यो पासपोर्टमा विद्युतीय चिप जोडिएको हुन्छ, जसमा सम्पूर्ण व्यक्तिगत विवरण राखिएको हुन्छ । जसलाई मेसिनले सहजै रिड गर्नसक्नेछ । यो कम्प्युटर प्रणालीमा आधारित हुनेछ । अनलाइनखबरबाट