इलामको हिले क्षेत्रमा एसएसबीले अतिक्रमण गर्न खोजेपछि स्थानीयले प्रतिकार गरे

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल,इलामको सुर्योदय नगरपालिका–२ पशुपतीनगर हिलेमा भारतीय सिमा सुरक्षा बल एसएसबीले रातारात सिमा पिलर गाडेपछि स्थानीयले अवरोध गरेका छन् । रातको समयमा सबै जना सुतेको मौका पारेर एसएसबीले पिलर गाड्दै गरेको थाहा पाएपछि प्रतिकार गरेको स्थानीय बासिन्दाले बताए ।

पिलर गाड्दै गरेको अवस्थामा स्थानीयबासिन्दाले अबरोध गरेपछि भारतीय पक्ष पछाडी हटेको थियो । सिमा क्षेत्रमा पुगेको शसस्त्र प्रहरीबल समक्ष एसएसबीको कदमको विरुद्ध छानबिन गर्न माग राखेका छन् । शसस्त्र प्रहरी पशुपतीनगरका प्रहरी निरिक्षक नविन खतिवडाले भारतीय पक्षबाट पिलर सारेको बताउँदै भोली बिहान ९ बजे दुवै पक्षबिच छलफल हुने बताए ।

एसएबीलाई नेपाल तर्फ सहज रुपमा प्रवेश गर्न दिँदा मनपरी ढंगले सिमा अतिक्रमण गरिरहेको स्थानीय बासिन्दाको आरोप छ । एसएसबीले आफ्नो पक्षमा नै पिलर रहेको दाबी गरिरहँदा स्थानीयले पिलर चेक गर्न भारतीय पक्षलाई दबाब दिएका थिए । स्थानीय बासिन्दाले घटनाको बारेमा स्थानीय जनप्रतिनिधिलाई खबर गर्दा समेत चासो नदेखाएको गुनासो गरे ।localsandesh.com

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय