इलामको फिक्कलमा कुमारी बैंकको शाखा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल ,कुमारी बैंकले इलाम स्थित आफ्नो फिक्कल शाखाको औपचारिक उद्धघाटन सम्पन्न गरेको छ । बैंकमा संचालक समिति सदस्य महेश प्रसाद पोखरेल र सूर्योदय नगर प्रमुख रणबहादु राईले शाखाको संयुक्त रुपमा उद्धघाटन गरे । बैंकले त्यस क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले १८६ औ शाखाको रुपमा फिक्कलमा विस्तार गरेको बताएको छ ।

शाखा उद्धघाटनको सभापतित्व बरिष्ठ गीतकार, संगीतकार एवम साहित्यकार गणेश रसिक रहेका थिए । नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संचालक समिती सदस्य महेश प्रसाद पोखरेल, डेपुटी सिइओ मनिष तिमल्सिनाको आतिथ्यता रहेको थियो । उद्धघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख राईले सूर्योदय नगरपालिका कृषिको सम्भाव्य क्षेत्र भएकाले बैंकले सहुलियत कृषि ऋणलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले नगर क्षेत्रमा हाल ५० हजार लिटर दैनिक रुपमा दुध उत्पादन हुँदै आएकोमा छिट्टै २ लाख लिटर पु¥याउन नगरले कार्यक्रम अघि सारेको बताए । नगर प्रमुख राईले स्थानीय सरकार आएपछि कृषिलाई प्राथमिकतामा राखेर १२ करोड रुपैया बजेट छुट्याएको बताए । उनले नगरले १ अर्ब २० करोड बराबरको बजेट बनाएकोमा अन्य क्षेत्रबाट गरी कुल ३ अर्ब बराबरको परियोजना चालु आर्थिक बर्षमा संचालन भइरहेको बताए ।

डेपुटी सिइओ तिमसिनाले बैंकको हालको अवस्था र प्राथमिकताको क्षेत्रको बारेमा धारणा राखेका थिए । उनले आजै मात्र बेलबारीमा कृषि क्षेत्रमा सहुलियत ऋणका लागि सम्झौता प्रक्रिया अघि बढाएकोमा सूर्योदयमा समेत स्थानीय सरकारसंग साझेदारीमा अघि बढ्ने बताए ।

बैंकले आजै मात्र देशभर ७ वटा नयाँ शाखाको उद्धघाटन गरेको डेपुटी सिइओ तिमल्सिनाले बताए । जसमा प्रदेश एकमा फिक्कल र मोरङको बेलबारी रहेको छ । बैकमा हाल १२९ अर्ब बचत तथा ११८ अर्ब ऋण लगानी भएको तिमल्सिनाले बताए । लोकलसन्देश

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय