श्रीमतीको हत्या गर्ने इलामका सवास राई पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २१,
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

इलाम,इलाममा श्रीमती हत्या गर्ने अभियुक्त पक्राऊ परेका छन् । जिल्लाको देउमाई नगरपालिका–८ आमबोटेका सुवास राई श्रीमतीको हत्या अभियोगमा मंगलबार पक्राऊ परेका हुन् ।

सामान्य घरायसी विवादका विषयलाई लिएर राईले आफ्नी श्रीमती नम्रता राईको हत्या गरेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । २७ वर्षकी मृतक राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

उनका अनुसार, उनले श्रीमतीको आज विहान हत्या गरेको हो । घटनाबारे जानकारी पाउन साथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त ३३ वर्षका राईलाई नियन्त्रणमा लिएको हो ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृत सहितको टोलीले अनुसन्धान गरी रहेको र शव परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय