फिक्कलःइलामको सूर्योदय नगरपालिका १ बाङ्गिनका ३४ बर्षिय सुवास थामी एक बर्ष देखि वेपत्ता भएका छन् । मलेसिया जाने भन्दै घरबाट हिडेका उनी अहिले सम्म परिवारको सम्पर्कमा नआएको परिवारले जनाएको छ । दाजु विमल थामीका अनुसार गत बर्ष माघ २ गते मलेसिया जाने भन्दै काठमाण्डौ हिडेका सुवासले एक बर्ष देखि कसैलाई सम्पर्क गरेका छैनन् । विमलले भने ‘ भाइ वेपत्ता भयो, विदेशजान काढेको ऋण पनि बढेको बढेकै छ ।’ उनले विदेश जाने टुंगो लागेको भन्दै पैसा मागेपछि एक लाख ७५ हजार पठाएको समेत बताए । पछिल्लो पटक आठ बजे फ्लाइट छ पैसा पठाउनु भनेपछि रकम पठाएको विमलले बताए ।
एक बर्ष सम्म सम्पर्कमा नआएपछि परिवारको तर्फबाट दाजु विमलले इलाका प्रहरी पशुपतिनगरमा खोजतलासका लागि निवेदन गरेका छन् । उनले भने ‘प्रहरीले पनि खोजिरहेको जानकारी दिएको छ । सुवास यस अघि चार बर्ष मलेसीया र तीन बर्ष कतार बसेर फर्केका थिए ।निगरानीबाट
मलेसिया हिँढेका सूर्योदय १ बाङ्गिनका ३४ बर्षिय सुवास थामी एक बर्ष देखि वेपत्ता
२०७७ पुष २२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: ILAM KHABAR मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd