सूर्योदय नगरपालिकाको स्थानीय पाठ्यक्रम पुष २४ गते सार्वजनिक गरिने

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल, इलामको सूर्योदय नगरपालिकाले ३ बर्ष लगाएर बनाएको स्थानीय पाठ्यक्रम आगामी पुष २४ गते लोकापर्ण गर्ने भएको छ । नगरले २०७५ सालबाट बनाउन सुरु गरेको पाठ्यक्रम आगामी बर्षबाट कार्यान्वयनको चरणमा अघि बढ्ने भएको हो । स्थानीय सरकार संचालन ऐन, २०७४ लागू भएको अवस्थामा विद्यालयस्तरको शिक्षा पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म स्थानीय तहको जिम्मेवारी रहेको छ ।

सोही अनुसार नगरले स्थानीय पाठ्यक्रम बनाएको हो । नगरले शिक्षा शाखा अधिकृत योगनिधी भट्टराईको संयोजकत्वमा नरेन्द्र खत्री, देवकुमार दाहाल, बंशिधर दाहाल, बिमला मिश्र र गणेशप्रसाद आचार्य सदस्य रहेको समिति गठन गरेर स्थानीय पाठ्क्रम निर्माण प्रक्रिया अघि बढाएको थियो ।

नगरले स्थानीय पाठ्यक्रम लोकापर्णपछि २६ गते विज्ञहरुबाट स्थानीय पाठ्यपुस्तक लेखन सम्बन्धी तालिम समेत आयोजना गर्ने शिक्षा शाखाका प्राविधिक सहायक नविनराज पौडेलले जानकारी दिए । नगरले बनाएको पाठ्यक्रम कक्षा ८ सम्म सूर्योदय क्षेत्र भित्रका ६६ वटा सामुदायिक र ३० वटा संस्थागत विद्यालयमा कार्यान्वयन हुने पौडेलले बताए ।

स्थानीय पाठ्यक्रमको निर्माणपछि विद्यालय शिक्षाको आधारभूत तहमा विभिन्न अतिरिक्त विषय अध्यापन गर्नुपर्ने बाध्यतासमेत हटने भएको छ ।स्थानियसंन्देश

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय