पत्रकारको प्रमुख दायित्व राष्ट्रियताको विषयमा खबरदारी गर्नु होःअध्यक्ष आचार्य

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामःनेपाल नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारको प्रमुख दायित्व राष्ट्रियताको विषयमा खबरदारी गर्नु रहेको बताएका छन् । सोमबार पत्रकार महासंघ इलाम शाखाको १६ औं साधारण सभाको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष आचार्यले पत्रकारको पहिलो दायित्व राष्ट्रियता, दोस्रो नागरिकको हित र तेस्रो आफ्नो पेशागत हकहितको लागि लड्ने विषय रहेको बताए ।

लडेर ल्याएको प्रेस स्वतन्त्रतामाथि कुण्ठित हुन नदिन पत्रकार आफै लाग्नु पर्ने आचार्यले बताए । प्रेसका लागि लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने भएकाले लोकतन्त्र बाहेक अन्य परिस्थितिमा प्रेस नरहने अध्यक्ष आचार्यको भनाइ थियो। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले परिवर्तनका लागि निरन्तर खवरदारी गर्न प्रेसकोमहत्वपूर्ण भूमिका रहने बताए ।

यस्तै, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पत्रकारिता स्वच्छ,निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिए । उनले प्रेसले गल्ती गरेमा समाजमा दुर्घटना हुने भन्दै सजग र सक्षम भएर पत्रकारिता गर्न सुझाब दिए । विश्वका ठूला लडाइ र युद्धमा प्रेसले निष्पक्ष सञ्चार सम्प्रेषण नगरिँदा विचार बाझिएको उदाहरण प्रस्तुत गरे ।

यस्तै, कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले अझैपनि पत्रकारले श्रम अनुसारको ज्याला नपाउने गरेको बताए । यस्तै, महासंघका अर्का उपाध्यक्ष दिलीप थापाले राज्यका महत्वपूर्ण आन्दोलनमा प्रेसको भूमिका मुख्य रहने गरेको अवगत गराए । उनले २०६२र०६३को जनआन्दोलनमा पनि प्रेसको सहयोग नभएको भए लोकतन्त्र ल्याउन सहज नभएको जिकिर गरे ।

महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश वस्नेतले आवाजविहिनको आवाज वाहिर ल्याउन प्रेस सधै जागिरहने विश्वास व्यक्त गरे । पत्रकार महासंघ प्रेदश १ का अध्यक्ष विक्रम लुइँटेलले पत्रकार सधै विधिको शासनको पक्षमा गरिनुपर्नेमा जोड दिए । कोरोनापछि प्रेसपनि बचाउन गाह्रो भएकाले तीनवटै तहका सरकारकले सहयोग आवश्यक परेको बताए । पाँच लाख ९६ हजार बराबरको आयव्यय प्रस्तुत महासंघको साधारणसभाबाट पाँच लाख ९६ हजार चार सय सात रुपैयाँ बराबरको
आयव्यय प्रस्तुत गरिएको थियो ।

महासंघले क्रियाशील पत्रकार महिलालाई पुरस्कृत गर्ने उद्देश्यले ५० हजार रुपैयाँ राशिको स्थापना गरिएको छ । हाल इलाम नगरपालिकाबाट २५ हजार रुपैयाँ र शाखाको तर्फबाट २५ हजार रुपैयाँबाट कोष सुरु गरिएको हो ।कोषबाट नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा जिल्लामा क्रियाशील एक पत्रकार महिलालाई १० हजार रुपैयाँ
राशिको सो कोषबाट पुरस्कृत गरिने छ ।

कोषका लागि महासंघको साधारणसभाको अवसरमा पत्रकार महासंघ इलाम शाखाकी केन्द्रीय पार्षद रीता राराहाङ राईले पाँच हजार पाँच सय ५५ रुपैयाँ घोषणा गरेकी छिन् । महासंघका सचिव ख्याम भुजेलका अनुसार कोष वृद्धि कार्यविधि व्यवस्थापन लगायतका कामका लागि कार्यसमिति सदस्य वुद्धमाया सोङ्मीको संयोजकत्वमा महासंघ जिल्ला शाखा उपाध्यक्ष कौशिला राई र कार्यसमिति सदस्य विनय तिम्सिना सदस्य रहेको उपसमिति गठन गरिएको छ । सचिव भुजेलका अनुसार कोषलाई वृद्धि गरेर निकट भविष्यमै दुई लाख रुपैयाँ पु¥याउने योजना छ ।सरलपाटिबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय