इलामको सूर्योदयमा श्रीमति हत्या गरि श्रीमान फरार

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी,फिक्कलःइलामको सूर्योदयमा श्रीमति हत्या गरि श्रीमान फरार भएका छन् । सूर्योदय नगरपालिका वा नं ५ गोरखका २६ बर्षिय दिनेश तामाङ्ग आफ्नै २२ बर्षिय श्रीमति गिता तामाङ्गलाई चिरपट प्रहार गरि फरार बनेको प्रहरीले जनाएको छ । गए राति आफन्तकोमा भोज सकेर घर फर्किएका दिनेशले श्रीमति माथि दाउराको चिरपट प्रहार गरि निरमम हत्या गरेको मृतकका दाजु राजेस कार्कीले बताए।
घटना लगत्तै स्थानियले सक्त घाईते गितालाई फिक्कल स्वास्थ्य चौकीमा ल्याएका थिए । स्वास्थ्य चौकीले हिजो नै मृत घोषणा गरेको छ भने शवको पोष्टमाटम हुन बाँकी छ । घटनास्थलमा पुगेको प्रहरी टोलिले मुचुल्का तयार गरेको छ । मृतकको शरिरभरि नै निलडाम रहेको र टाउकोमा अत्याधिक चोट देखिएको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुबेदीले बताए ।

स्थानियका अनुसारर्, मादक पदार्थ शेवन गर्ने गरेका दिनेशले श्रीमति सँग झगडा गरिरहन्थे ।’ बहिनीको हत्या भएसँगै ६ बर्षिय भान्जा र ३ बर्षीय भान्जिको जिन्दगी अँध्यारो भएको भन्दै मृतकका दाजु राजेशले गुनासो गरेका छन् । विवत्स हत्या गर्ने अपराधिलाई तत्काल पक्राउ गरि जेल चलान गरिनुपर्ने उनको माग छ ।
तथापी हत्यारा फरार भएकाले अपराध स्विकार गर्न बाँकी छ । प्रहरीले आफ्नो टिम परिचालन गरिसकेको बताउँदै प्रहरी नायब उपरिक्षक सुबेदीले अपराधी चाँडै नियन्त्रणमा आउने विश्वास ब्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय