ट्याम्पो नियन्त्रणमा परेपछि ब्यवसायी आन्दोलितः कार्यविधि पुरा गर्न नगरको निर्देशन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी,फिक्कलःइलामको सूर्योदय नागरपालिकामा अन्तु सूर्योदय टेम्पो यातायात प्रा लिका ब्यवसायीहरु पुनः आन्दोलित बनेका छन् । ट्याम्पोलाई सहज रुपमा संचालन गराउन माग गर्दै नगरपालिकामा पटकपटक निवेदन पेश गरेपनि वेवास्था गर्दै आएको र अचानक धरपकड भएको भन्दै उनिहरु आन्दोलित बनेका हुन । लामो समयदेखि दर्ता हुन बाँकी करिब ४० अटोहरु फिक्कल ट्राफिक पहरीको नियन्त्रणमा भएपछि आक्रोशित बनेका ब्यवसायीहरु नगरपालिका अगाढि शुक्रबार बिहान आन्दोलनमा उत्रिएका थिए । उनिहरुले नगरभित्र संचालनरत अटो नगरपालिकाले दर्ता गरिदिनुपर्ने बताउँदै ब्यवसाय संचालन गर्न पाउनुपर्ने माग राखेका छन । अन्तु सूर्योदय नगर टेम्पो यातायात प्रा लिका अध्यक्ष सन्तोष मोक्तानले २९ वटा अटो संचालन भएको ठाउँमा आफुहरुलाई पनि अटाउनुपर्ने बताउनुभयो । मोक्तानले भन्नुभयो ,“हामी आन्दोलित यसकारणले हो कि । हामी सङ्ग समन्वय नगरी बारम्बरको अनुरोधलाई नकारेको कारण र हाम्रा गाडिहरु पक्राउ गरेकोले आन्दोलित भएका हौ।हामी बिधिवत रुपमा आबद्ध भएर सवारी सुचारु गर्ने हो। तर हाम्रो माग भनेको बिधिवत दर्ता गरि पाउँ भन्ने हो।”

यता सूर्योदय नगरपालिकाका यातायात संयोजक एवं वडा नं ११ का अध्यक्ष टेक बहादुर राईले नगरको ३ पाङ्ग्रे सवारी साधन संचालन कार्यविधि अनुसार प्रकृया पुरा गरेर मात्र ब्यवसाय शुरु गर्न आग्रह गर्नुभएको छ । राईले सूर्योदय नगरपालिका पर्यटकिय क्षेत्र भएकाले अत्याधिक अटो संचालनका कारण दुर्घटनाको जोखिम हुने भएकाले रोक लगाईएको जानकारी दिनुभयो । उहाँका अनुसार ,“करिब ७ महिना अघि नगरपालिकाले एक सुचना प्रकाशन गर्दै अटो थप गरि संचालन नगर्न आह्वान गरेको थियो ।” उक्त समयसम्म संचालनमा रहेका २९ अटोहरुलाई दर्ता प्रकृयामा लैजाने र बाँकी अटो संचालन गर्न नदिने निर्णय भएपनि मनलागी संचालन गरिएको भन्दै नगरको यातायात संचालन कार्यविधि विपरित काम नगर्न सबैमा अनुरोध गर्नुभएको छ । नगरपालिका संगको समन्वय बिना आफुखुसि गरिएका कृयाकलापले समस्या परेको हुनसक्ने समेत यातायात संयोजक राईले बताउनुभएको छ ।

युवाले स्वरोजगार हुन बैँकको रिण लिएर शुरु गरेको ब्यवसायमा नगरले हस्तक्षेप गरेको टेम्पो ब्यवसायी संघका अध्यक्ष सन्तोष मोक्तानको आरोप छ । यात्रुको सहजता र छिटो छरितो सेवामा लागिपरेका ब्यवसायीमाथिको ज्यादति भएको मोक्तानले बताउनुभयो । अटो ट्राफिकको नियन्त्रणमा भएपछि परिवारको रोजीरोटी हराउने,बैँकको रिण बडेर आकाशिने जस्ता समस्या देखाउँदै गरिखाने वातावरण तयार गरिदिन नगरपालिकासंग उहाँले अनुरोध समेत गर्नुभएको छ ।

नगरपालिका र अटो ब्यवसायी बिच लामो समयदेखि जारी विवादले चर्कोरुप लिईएको हो । भौगोलिक वनावट र साँघुरो सडकका कारण पहाढी भेगमा ३ पाङ्ग्रे सवारी साधन संचालनमा रोक लगाउनुपर्ने एकथरीको माग छ भने छिटो छरितो सेवा प्राप्त हुने भएकाले आवश्यकताका आधारमा संचालन गर्न दिनुपर्ने पनी कतिपयले बताउँदै आएका छन् । तर ब्यवसायीको आन्दोलनमा ब्यवसायीले साथ दिएका छैनन् । नगरपालिकाले मान्यता दिईएका २९ अटो संचालकहरु आन्दोलनमा सहभागी थिएनन् । आन्दोलनरत पक्षले आफुहरु नै एक हुन नसकेको स्विकार्दै सबै ब्यवसायी संगठित हुन सके न्याय पाउने धारणा राखेका छन् ।

सुर्योदय नगर क्षेत्रमा संचालनमा रहेका ट्याम्पो व्यवसायीहरु गत पौषमा सङ्गठित बनेका थिए । समितिका अध्यक्ष मोक्तानले सुर्योदय नगर क्षेत्रमा निश्चित मापदण्ड बनाइ नियमित र मर्यादित रुपमा सह्ज ढङ्गले ट्याम्पो संचालन गर्ने र नगरपालिका सँग सवन्वय, सहकार्य गदै सहज वातावरणमा ट्याम्पो संचालन गर्न यो समिती प्रतिबद्ध रहने बताएको दुई महिना नबित्तै आन्दोलन चर्किएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय