इलाममा चट्याङ पर्दा दुहुनो गाई मर्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाममा शुक्रबार दिउसो चट्याङ्ग पर्दा दुहुनो गाई मरेको छ । जिल्लाको माईजोगमाई गाउँपालिका ५ सोयाङ्का सौगन राईले पालेको गाई चट्याङले मरेको हो ।

दुई माऊ गाई, दुई बाच्छाबाच्छी राखिएको गोठमा अचानक चट्याङ् पर्दा एउटा माऊ गाई मरेको छिमेकी निमा शेर्पाले जानकारी दिए । उनका अनुसार, अन्यलाई सामान्य मात्रै असर गरेको छ ।

सुर्योदय नगरपालिका ११ का राईले माईजोगमाईमा जग्गा लिजमा लिएर पशु पालन सुरु गरेका हुन् । चट्याङले दैनिक १५ लिटर दुध दिने गाई मरेपछि राईलाई ठूलै आर्थिक क्षति भएको बताइएको छ ।सरलपाटिबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय