
फिक्कल,आफ्नै श्रीमतिको हत्या पछी फरार रहेका अभियुक्त नेपाल भारतको सिमानाबाट पक्राउ परेका छन् । फागुन २ गते राति ईलामको सूर्योदय नगरपालिका ५ गोरख खरबनेटोल बस्ने बर्ष २३ को दिनेश तामाङले आफ्नै श्रीमति बर्ष १९ कि गिता तामाङलाई शरिरका भिबिन्न भागमा क्रुर अमानविय तरिकाले कुटपिट गरी हत्या गरेका थिए ।
सुर्योदय नगरपालिका ५ सिद्दिखोला र मेचिखोला दोभान स्थित भारत नेपालको सिमानाबाट पक्राउ गरिएको हो। पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याई थप अनुसन्धान भई रहेको छ ।



हत्या पछी फरार रहेका तामाङलाई पक्राउ गर्न तत्काल प्रहरी द्वारा लुकीछिपी बस्न सक्ने एरिया इलाका तथा सिमानाकामा ब्यापक रुपमा सादा पोशाकमा प्रहरी खटाईएको थियो ।
अभियुक्तलाई खोजीकार्य गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक नविन राईको टोलि र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देउ प्रसाद लिम्बुको टोलिले फागुन ७ गते राति नियन्त्रणमा लिन सफल भएको हो ।
उनले चिरपट प्रहार गरि श्रीमतिको हत्या गरेका थिए । आफन्तकोमा भोज सकेर घर फर्किएका दिनेशले श्रीमति माथि दाउराको चिरपट प्रहार गरि निरमम हत्या गरेको मृतकका दाजु राजेस कार्कीले बताए। घटना लगत्तै स्थानियले सक्त घाईते गितालाई फिक्कल स्वास्थ्य चौकीमा ल्याएका थिए ।
स्थानियका अनुसार, मादक पदार्थ शेवन गर्ने गरेका दिनेशले श्रीमति सँग झगडा गरिरहन्थे ।’ बहिनीको हत्या भएसँगै ६ बर्षिय भान्जा र ३ बर्षीय भान्जिको जिन्दगी अँध्यारो भएको भन्दै मृतकका दाजु राजेशले गुनासो गरेका छन् ।
नोट—यसअघि प्रकाशित समाचारमा मृतक र अभियुक्तको उमेर फरक पर्न गएको प्रति क्षमा चाहान्छौँ ।