संसद् पुनर्स्थापनाको स्वागत गर्दै फिक्कल बजारमा दीप प्रज्वलन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएपछि देशभर खुसियालीमा दीप प्रज्वलन गरिएको छ। सोही क्रममा पुर्व प्रधानमन्त्री एवम इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने फिक्कल बजारमा समेत युवा संघले अदालतको निर्णयलाई स्वागत गर्दै दीप प्रज्वलन गरेको छ । फिक्कल बजार परिक्रमा गरी सत्तारुढ नेकपाकै प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्ताहरूले सर्वोच्चको कदमलाई ‘प्रतिगमन ढलेको दिन’ ‘सर्वोच्चलाई धन्यवाद’ लगायतका नारा सहित सडकमा मैनबत्ती बालेर खुसियाली मनाएका हुन् । नेकपा इलामका कार्यालय सदस्य एवम सूर्योदय नगर प्रमुख रणबहादुर राईले दिप प्रज्वलन गरेपछि क्रमश अन्य सहभागिहरुले नेपालको नक्सामाथी राखिएको मैनवती बालेका थिए । चोकबजारमा भएको कोणसभालाई नेकपा जिल्ला सचिवालय सदस्य नरेश तामाङ र जिल्ला सदस्य कमल गदालले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय