पान्दाम दुग्ध उत्पादक सहकारीको आठौँ बार्षिक उत्सव सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःपान्दाम दुग्ध उत्पादक सहकारी संस्था सूर्योदय नगरपालिका ९ को आठौँ बार्षिक उत्सव सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुमार दाहालको अध्यक्षता एवं वडा नं ९ का अध्यक्ष देवेन्द्र शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य जयकुमार राई र समासेवी सोनाम योल्मोको विशेष आतिथ्यता रहेको थियो ।

सहकारी र आदर्श टोलका बालबालिकाले नृत्य प्रस्तुत गरेको उक्त कार्यक्रम बाट विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको छ । दुग्ध ढुवानीकर्ता रमेश खड्का र राम खड्कालाई पुरस्कृत गरिएको छ भने सबैभन्दा बढी दुग्ध बिक्री गर्ने अम्बिर राई, ताराबिर राई,टेक प्रसाद पोख्रेल र भुपाल पोख्रेललाई सम्मानपत्र साथै मिल्कक्यान वितरण गरिएको छ ।

सहकारीलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याएको भन्दै समाजसेवी सोनाम योल्मो र नेता दाहाललाई सम्मानपत्र र मायाको चिनो वितरण गरिएको संस्थाका लेखा संयोजक भुपाल पोख्रेलले जानकारी दिनुभएको छ ।

सेयर सदस्य रुपा राईले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा सहकारीका नेता दाहाल,विशेष अतिथि तथा प्रमुख अतिथिले बोल्नुभएको थियो । महिला, बालबालिका,ज्येष्ठ नागरीक लगायत २०० बढीको उपस्थिति रहेको कार्यक्रममा विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको थियो भने ११ जना नृत्यकर्मीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय