रोशन काफ्ले,नयाँबजार । तेश्रो योङ माइन्ड इन्टरटेन्टमेन्ट अवार्डको बेस्ट न्यु मोडेल फिमेल म्युजिक भिडियो क्याटागोरी ९मोर्डन० अवार्ड तर्फ इलामकी अनु काफ्ले टप फाइभमा मनोनित भएकी छन् । तीन पातेबाट चर्चामा अएकी उनले भोट दिएर जिताउन सबै इलाम बासी तथा दर्शकलाई आग्रह गरेकी छिन।
इलामको प्रतिनिधित्व गरेको भोटिङ राउण्डमा आइपुगेकी अनुले आफूलाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर क्यापिट्ल लेटरमा थ्ःभ्ब् एक स्पेस आफ्नो भोटिङ कोड १९५ टाइप गरि ३३००१ मा पठाउन सुझाएकी छिन् । उनलाई एप्स मार्फत समेत भोटिङ गर्न सकिनेछ ।
आफनो मोबाइलमा खल्ति एप डाउनलोड गरेर समेत भोट गर्न सक्ने अनुले बताइन । यो पुस्तापछि अब अनु काफ्ले लगायतले इलामको नेतृत्व गर्दै नेपाली म्युजिक भिडियोमा नयाँ आयाम थप्ने देखिएको छ । उनी पछिल्लो समय म्युजिक भिडियोमा धेरै नै रुचाइएकी मोडलके रुपमा चिनिन्छिन् ।
इलामको माइजोगमाई गाउपालिक ४ न वडामा आमा गिता कार्की र बाबू भुपाल काफ्लेको कोखबाट २०५६ सालमा जन्मिएकी अनुले इलामको आदर्श उच्च माविबाट एसईई दिएर पढाई संगसंगै आफ्नो करिअर अघि बढाएकी थिइन् । हाल काठमाडौमा मानविकि सँकायमा अध्ययनरत उनले पछिल्ले समय चर्चित कलकारहरुसँग समेत म्युजिक भिडिये खेलेकी छन् ।
म्युजिक भिडियो मा दर्शकले आफ्नो कला मन पराए जम्न सकिने बताउछिन। आधुनिक गितको म्युजिक भिडियोमा रुचि राख्ने उनले बटौली म्युजिक भिडियोबाट नायक तथा मोडल बिपिन कार्की सग आफ्नो करिअर सुरु गरेकी थिइन् । अहिले सम्म उनके ७ बटा म्युजिक भिडियो बजारमा आईसकेका छन ।
पछिल्लो समय निकै रुचाइएकि अनु तीन पाते बाट झनै चर्चामा आइन। केही दिन यता अनुको नया म्युजिक भिडियो बजारमा आईसकेको छ । सुजन चापागाईको स्वर तथा संगीत शैलेस गिरिको शब्द रहेको लजाएर बोलको म्युजिक भिडियोमा अनु सगै सुजन चापागाई प्रीया लिम्बू मिलन खत्री सरिना गुरुङ शिव थापा सुजन भट्टराई लगायतको अभिनय देख्न सकिन्छ । उक्त म्युजिक भिडियो सुजन चापागाईको अफिसियल युटुव च्यानमा हेर्न सकिने अनुले बताइन ।