फिक्कलःइलामको सूर्योदयनगरपालिका वडा न ३ बौद्धधाममा ५ दिने उद्घोषण तालिम र ३ दिने अचार बनाउने स्थानीय कच्चा बस्तुको प्रसोधन तालिम सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको महिला लक्षित कार्यक्रम अनुसार वडा न ३ को कार्यलयको सहयोग तथा वडा स्तरीय महिला उत्थान समितिको आयोजनामा गत फागुन ११ गते देखि जारी उद्घोषण तालिम र १२ गते देखि जारी अचार बनाउने तालिम एकै साथ समापन गरिएको हो ।
तालिममा वडा क्षेत्रका सबै टोल विकास संस्थाका महिलाहरुको सहभागिता रहेको थियो । सकेसम्म सबै टोल विकास सस्ंथाका महिलाहरुको सहभागिता होस भन्ने उदेश्यका साथ दुबै तालिम सञ्चालन गरीएको महिला उत्थान समितिका सचिव सारिका प्रधानले जानकारी दिइन् ।
महिला उत्थान समितिका अध्यक्ष निर्मला प्रधानको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडाध्यक्ष एबं भौतिक पुर्वधार विकास समितिका सयोंजक होम बहादुर कार्कीको प्रमुख आतिथ्यता र कार्यपालिका सदस्य डालिमाया भण्डारीको बिशेष आतिथ्यतामा रहेको थियो । समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र तथा तालिममै उत्पादीत अचार समेत बितरण गरिएको छ ।
उद्घोषण तालिमको रेडियो फिक्कलका स्टेशन म्यानेजर एब रेडियो नेपालका इलाम समाचारदाता राजकुमार दहाल अभिलाषीले र अचार बनाउने तालिमको महिला उद्यमी उषादेवी निरौलाले सहजिकरण गरेकी थिइन् । तालिम समापन सत्रमा प्रमुख अतिथी कार्कीले सूर्योदय नगरपालिका वडा न ३ मा महिलाहरुको सर्वाङगीण विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा महिला दिदी बहिनीहरुकै रायसुझावमा तालिमको आयोजना गरिएको बताए ।
उनले उद्घोषण तालिममा सहभागीहरुको पहिलो दिनको बोल्ने क्षमता र समापनमा बोल्ने क्षमता शैलि आकाश जमिनको फरक भएको आफुले पाएको बताउदै महिला दिदीबहिनीहरुमा यस्ता तालिमले आत्माविश्वास थप्ने र जिवनमा अगाडी बढन प्रेरित गर्ने बताए । अचार बनाउने तालिमबाट पनि महिलाहरुले निक्कै लाभ लिएको र यसलाई अर्थोपार्जनको स्रोत बनाउनु पर्नेमा उनले जोड दिए ।
कार्यपालिका सदस्य भण्डारीले दुबै तालिम महिलाहरुको हितमा भएकोले तालिमबाट सिकेका कुरालाई मनन गर्दै अगाडी बढन सके जिवन सफल हुने बताइन् । दुबै तालिम आगामी दिनमा पनि आवश्यक रहेकोले आगामी बर्ष पनि जारी राख्नु पर्नेमा उनको जोड थियो ।
उद्घोषण तालिममा सहभागीहरुको तर्फबाट बोल्दै जेनिसा राईले पहिलो दिन २र४ जनाको माझमा पनि बोल्न समस्या हुने गरेकोमा अवको दिनमा जस्तो सुकै ठाउँमा पनि गएर बोल्न कार्यक्रम सञ्चालन गर्न आफुहरु सबै सक्षम भएको बताइन् । यस्ता तालिम आगामी बर्ष पनि राख्नु पर्ने सहभागीहरुको माग छ । अचार बनाउने तालिममा सहभागी रचना प्रधानले तालिममा निक्कै प्रभावकारी सिप सिकेको र सिकेका कुरालाईलाई ब्यवहारमा उर्तान सके आर्थिक लाभ हुने बताइन् ।
उद्घोषण तालिमका प्रशिक्षक दहालले तालिममा जिवन उपयोगी ज्ञान दिदै सहभागीहरुको डर कसरी भगाउने मासमा गएर आफुलाई कसरी प्रस्तुत गर्ने साथै स्टेज कार्यक्रम र रेडियो कार्यक्रमको प्रारम्भिक ज्ञान सिकाउने कोसिस गरेको बताए । उनले तालिम सहजिकरणको वाताबरणको लागि आयोजकलाई धन्यवाद दिए । अचार तालिमकी प्रशिक्षक निरौलाले छोटो समयमा प्रारम्भिक ज्ञान दिने प्रयास गरेको र तालिम प्रभावकारी भएको बताइन्।
कार्यक्रममा उद्घोषण तालिम अवधिभरीको प्रतिबेदन सरिता तामाङ्ग र अचार बानउने तालिमबाट बिनिता तामाङ्गले प्रस्तुत गरेकी थिइन् । वडा सदस्य लोकनाथ नेपाल वडा सचिव नैनकला अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए। मन्जु पोख्रेल घिमिरेले स्वागत मन्तब्य राखेको तालिमको सञ्चालन मनिका गुरुङ्गले गरेकी थिइन् ।स्थानियसन्देश