माईजोगमाईमा दन्त उपहार कार्यक्रम सम्पन्नः ३४८ ले लिए सेवा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रोशन काफ्ले,नयाँबजारःमाईजोगमाई गाउँपालिकामा तीन दिवसीय प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिकाको आयोजना ,सामजिक बिकास मन्त्रालय प्रदेश न १ को सहकार्य र पुर्वाञ्चल डेन्ट्ल हस्पिटल प्रा लि को प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा३४८ जनाले सेवा लिएका छन् । कार्यक्रमको पहिलो दिनमा ९१ जना पुरूष र ८६ जना महिला गरि जम्मा १७७ जनाले सेवा लिएका थिए ।

दोस्रो दिनमा ५० जना पुरुष र ५३ जना महिला गरि १०३ जना र तेस्रो दिन १६ जना पुरुप र ५२ जना महिला गरि ६८ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ । शिविरमा खुद्रा दाँत लगाउने , सबै उमेर समूह को दाँत निःशुल्क खोल्नुका साथै सेट दाँत लगाइएको थियो ।

माईजोगमाई गाउँपालिकाले सबै नागरिकलाइ स्वस्थ्य सेवाको सुबिधा दिनको लागि शिविर संचालन गरेको माईजोगमाई गाउपालिका अध्यक्ष जित बहादुर राईले बताए । दन्त शिविरमा आइ माईजोगमाई गाउँपालिकाबासीलाई स्वस्थ्य सेवा उपलब्ध गराएकोमा शिविरमा खटिएका पूर्वाञ्चल डेन्टल हस्पिटलका स्वस्थ्यकर्मी र डाक्टरहरुलाई प्रंशसा पत्रका साथ सम्मान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय