नेपाल पत्रकार महासंघ इलामको आसन्न निर्वाचनमा प्रेस संगठनको उम्मेद्वारी घोषणा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल,प्रेस संगठन इलामले नेपाल पत्रकार महासंघ इलामको आगामी निर्वाचनमा सुजन तिम्सिनाको उम्मेद्वारी घोषणा गरेको छ । नेपाल पत्रकार महासँघको आसन्न निर्बाचनमा अध्यक्ष पदका लागि हालसम्म २ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियन र प्रेस नेपालबाट संयुक्त अध्यक्षमा बिप्लब भटराईको उम्मेद्वारी छ । यस अघि नै कार्यगत एकता गर्दै संयुक्त उमेद्वारी घोषणा गरिएको थियो ।

बिहिबार इलाममा बसेको प्रचण्ड–माधब निकट प्रेस सगठनको जिल्ला कमिटि बैठकले तिम्सिनालाई अध्यक्षको उम्मेद्वार बनाउदै अन्य पदको लागि सहमति गर्ने निर्णय गरेको संगठनका जिल्ला कमिटि सचिव नमिन ढकालले बताउनुभएको छ । सदरमुकाम इलाम बजारमा सम्पन्न भेलाले जिल्ला कमिटिलाई पूर्णता दिएको छ भने आसन्न पत्रकार महासंघ इलामको निर्बाचनको लागि अन्य संगठन सँग समन्वय गर्ने समिति गठन भएको छ ।

रमेश पराजुलीको अध्यक्षतामा नमिन ढकाल, बुध्दमाया सोङमी र राजकुमार दाहाल सदस्य रहेको ४ जनाको सम्बाद समिति गठन भएको छ । त्यसैगरी जिल्ला कमिटिको जिल्ला कार्य समिति ६ जना थप गरेर ३७ जनाको समिति बनाइएको बताइएको छ । इलाममा उम्मेद्वारी घोषणा भएको दुबैको बहुमत सदस्य भने नरहेकोले अन्य संघ सगठनसग सहकार्य अनिबार्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय