शिक्षकको लागि रोङ गाउपालिकाः पहिला सिकाउने र टिकाउने अभियानमा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोबिन्द पौडेल,रोङःशिक्षण पेशामा लागेकोहरुको लागि पेशाको स्थायीत्व बनाउन रोङ गाउपालिकाले शिक्षकहरुलाई भर्चुअल कक्षा सचालन गर्ने भएको छ । अहिले बिध्यमान नानाथरिले शिक्षकलाई बर्गिकरण गरेर पेशाकै सुनिश्चता नरहेकोमा गाउँपालिका भरिका राहत ,करार,अनुदान ,बालबिकासका शिक्षकहरुलाई शिक्षा सेवा आयोगको परिक्षामा सामेल हुनको लागि तयारि गराउन भर्चुअल कक्षाको ब्यवस्था गरि शिक्षक सेवा आयोगका पाठ्यक्रममा आधारित रहेर बिज्ञहरुवाट तयारि कक्षा सचालन गरिने भएको हो । शिक्षकहरुको पेशागत संगठन नेपाल शिक्षक संघको आग्रह अनुसार शिक्षक सेवा आयोगको परीक्षा तयारिमा शिक्षकहरु बिद्यालय छाडेर जाँदा वालबालिकाहरुको सिकाईमा असर हुने हुँदा बिज्ञहरुबाट प्रबिधिको प्रयोगबाट भर्चुअल कक्षा गाउँपालिकाको आर्थिक सहयोगमा संचालन गरिन लागेको गाउँपालिका अध्यक्ष समसेर राईले बताए । आयोगको तयारी गरेर बालबालिकाहरुको पढाईमा असर पनि नहुने र समयको पनिबचत हुने भएकोले शिक्षकलाई सिकाउने र पेशामानै टिकाउनको लागि यो प्रस्ताब गरिएको नेपाल शिक्षक संघ रोङका अध्यक्ष लाख बहादुर सावाले बताए । अहिलेलाई भर्चुअल कक्षामा सहभागि हुन चाहनेयोग्यता पुगेका प्राथमिक तहमा शिक्षकहरुलाई पेशा स्थायी बनाउन चाहनेले
अस्थाई,करार,अनुदान बिद्यालय कर्मचारीहरु र बालबिकासका शिक्षक हरुलाई आबेदन गर्न रोङ गाउँपालिका शिक्षा शाखाले सुचना नै प्रकासित गरेको छ । सहभागि शिक्षकहरुको लागि हप्तामा ६ दिन भर्चुअल कक्षा सँचालन गरि १ दिन कन्ट्याक कक्षा सचालन गरेर तयारी गरिने योजना रहेको छ । यस अघिपनि रोङ गाउलिकाले बिद्यालय कर्मचारी र बालशिक्षकहरुको तलव बढाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय