सूर्योदय नगरपालिकामा १०८ बर्षिया अधिकारीलाई नगर माता सम्मान

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१११औ अन्तर्राष्ट्रिय नारी दिवसको इलामको सूर्योदय नगरपालिकामा समेत मनाइएको छ । महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा कार्यक्रम मनाइएको हो । सोही अवसरमा नगरले १०८ बर्षिया बिष्णुमाया अधिकारीलाई नगर माताको रुपमा सम्मान गरेको छ ।

नगरपालिकाले हरेक बर्ष नारी दिवसको अवसरमा एक जना ज्येष्ठ नागरिकलाई नगर माताको रुपमा सम्मान गर्दै आएकोमा अधिकारीलाई यस बर्ष पनि सम्मान गरिएको हो । उनलाई नगर प्रमुख रणबहादुर राईले दोसल्ला ओडाएर सम्मान गरे । अधिकारीलाई नगरले यसअघि पनि नगर माताको रुपमा सम्मान गरिसकेको छ ।

त्यसैगरी मरणोपर्यान्त कमला घलेलाई नगरले सम्मान गरेको छ । त्यसैगरी बिष्णुमाया श्रेष्ठ र मैयादेवी तामाङ्लाई समेत सम्मान गरिएको छ । उपप्रमुख दुर्गादेवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती उपप्रमुख चित्रकला बराइली, विभिन्न वडाका वडाध्यक्ष, महिला संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय