फिक्कलःसर्वोच्च अदालतको निर्णयले नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै यथावत् रहने अवस्था सिर्जना गरिदिएपछि साविकका आआफ्नै पार्टी कार्यालय स्थापना हुन थालेका छन् । यसैबिच इलामको सूर्योदय नगरपालिकामा नपाल कम्यूनिष्ट पार्टी एमाले सूर्योदय नगर कमिटीको कार्यलय उत्घाटन भएको छ । नगर कमिटी संयोजक रमेश राईको अध्यक्षता एवं नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा प्रदेश सांसद काजिमान कागतेको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय उत्घाटन गरिएको हो । कमिटीका अध्यक्ष रमेश राईले सर्वोच्चको फैसला नै सर्वमान्य भएको बताउँदै एमाले भित्रका सबै शक्ति एकभएर जानुपर्ने उल्लेख गर्नुभएको छ । एमाले र माओबादी बिच पार्टी एकताको सम्भावना पनि रहेको भन्दै उहाँले स्थानिय सरकारको काम कार्बाहीमा पार्टी विभादले असर पुर्याउन नहुने विचार ब्यक्त गर्नुभएको छ ।





