कुमार थापा,नयाँबजारःमाईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा नेपाल महिला संघको समायोजन कार्यक्रम आईतबार सम्पन्न भएको छ । नेपाल महिला संघकी जिल्ला अध्यक्ष निर्मला सन्जेलको अध्यक्षता एवं नेपाली काँग्रेस जिल्ला कार्यसमिति इलामका हिमालय कर्मचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुनम गुरुङ्गले स्वागत मन्तब्य राख्नुभएको थियो भने नेपाल महिला संघ जिल्ला कार्य समितिकी सचिव बबिता राईले संचालन गर्नुभएको थियो । कार्यक्रममा प्रकाश भट्टराई,राजेश देवान,प्रभा पौड्याल,चन्दा कार्की,दिपक अधिकारी,भेषराज आचार्य,टिकाराम सुब्बा र भगवति पौड्यालले शुभकामना मन्तब्य राख्नुभएको प्रभा पौड्यालले जानकारी दिनुभएको छ ।





