खनाल-नेपाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेकपा एमालेको झलनाथ खनाल(माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बिहीबारसम्म चल्ले भेलाका लागि जिल्ला जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेका छन् । नजिकका नेता(कार्यकर्ता बुधबार आइपुग्ने समूहले बताएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल(नेपाल समूहले भेला गर्न लागेको हो ।

यो समूहले भेला आयोजना गर्न लागेपछि अध्यक्ष ओलीले वार्तामा बोलाएका थिए तर कुरा मिल्न नसकेपछि आजदेखि भेला आयोजना हुन लागेको हो ।

भेलाका लागि खनाल(नेपाल समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसमेत दिएको थियो ।अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय