
झापाःहात्तीको आक्रमणबाट झापामा दुई युवक घाइते भएका छन् । बुधबार बिहान करिब ६ बजेतिर बुद्धशान्ति गाउँपालिका वार्ड नं २ को बिरिङ खोलामा बिन्दुली बाँध नजिकै उनीहरूलाई हात्तीले आक्रमण गरेको थियो।
हात्तीको आक्रमणबाट इलामको माइ नगरपालिका १० का विजय खाती गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ। हात्तीको आक्रमणबाट अर्जुनधारा नगरपालिका वार्ड नं १ सिस्नेका १९ बर्षिय मिलन कार्कीडोली पनि सामान्य घाइते भएका छन्।



इलाका प्रहरी कार्यालय बुधबारेका सई निराजन कटुवालका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका खातीलाई उपचारका लागि बिर्तामोडमा रहेको विर्तासिटी अस्पताल लगिएको छ।दुवै जना ढुंगा गिटी ढुवानीमा मजदुरको रुपमा काम गर्दै आएका थिए।