अटोलाई अनिवार्य लोगो टाँस्न नगरपालिकाको आग्रहः शुल्क महंगो भएको अधिकांशको आरोप

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःइलामको सूर्योदय नगरपालिकाले रुटपर्मिट प्राप्त २९ वटा अटोलाई अनिवार्य लोगो टाँस्न आग्रह गरेको छ । सम्बन्धित वडाको सिफारिस लिएर नगद रु ५००० शुल्क बुझाएपछि लागो प्राप्त गरिन्छ । उक्त लोगो आफ्नो अटोमा टाँसेर मात्र यात्रु सवार गराउन नगरपालिकाले निर्देशन दिईएको हो ।

करिब १० जना भन्दा बढीले लागो टाँस गरिसके पनि बाँकीले भने शुल्क महंगो भएको बताएका छन् । अटोको आम्दानी घटेको बताउँदै चालक भानु सापकोटाले भन्नुभयो,“५००० कमाउन लामो समय लाग्छ नगरले अचानक निर्देशन दिईएको छ, हामी त्यती शुल्क तिर्न असमर्थ छौँ ।”

लोगो टाँस्न बाँकी अटोको कागजपत्र ट्राफिक प्रहरी कार्यलय फिक्कलको नियन्त्रणमा छ । दर्ता शुल्क बापतको रकम बुझाएर लागो टाँस् गरि नगरको निर्देशन पालना गरेर मात्र कागजपत्र लैजान भन्दै नियन्त्रणमा राखिएको ट्राफिक प्रहरी कार्यलय फिक्कलका प्रमुख दुर्गा बहादुर बस्नेतले बताउनुभएको छ । १० जना बढीले शुल्क तिरसिके पनि बाँकीले भने महंगो भन्दै आएको बस्नेतको भनाई छ ।

युवराज गुरुङ्ग,सुमिल गुरुङ्ग, भानु सापकोटा,कृष्ण खतिवडा, पुजन प्रधान लगायतका अटो ब्यवसायीहरु लोगो बापतको शुल्क महंगो भएको बताउँछन् । नगरले शुल्क नघटाए अटो जिम्मा लगाउने उनिहरुले बताएका छन् । खर्च कटाएर प्रति दिन पाँच सय नबच्ने भएकाले किस्ता तिर्न,घरखर्च टार्न नै धौधौ भएका बेला तत्काल नगरको यस्तो निर्णयले आफुहरु मारमा परेको उनिहरुको भनाई छ । यातायात कार्यलयमा,सवारी बिमा र अडिट खर्च नै धान्न कठिन भएका बेला नगरपालिकालाई समेत बुझाउनु पर्दा समस्या भएको चालक कृष्ण खतिवडाले बताउनु भयो ।

यता सूर्योदय नगरपालिकाले भने दर्ता शुल्क बापत रकम अनिबार्य तिर्नुपर्ने बताएको छ । उक्त लोगो टाँस गरि प्रत्येक बर्ष रु ३००० शुल्क बुझाएर नविकरण गर्नुपर्ने नगरपालिकाकोे निर्णय हो । नगरपालिकामा २९ वटा अटो रुटपर्मिट प्राप्त छन् भने बाँकीलाई दर्ता प्रकृयामा लगिएको छ । ४३ अटोलाई केहि दनि अघि १५ दिनको अस्थायि ईजाजत दिईएर संचालन अनुमति दिईएको हो । नगरपालिकाले सबै अटोलाई दर्ता गराएर मात्र संचालन गर्न घृहकार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय