नामसालिङ्ग मा.बिको भवन विवादमाःब्यक्तिले आफ्नो जग्गा भन्दै मुद्धा हालेपछि काम रोक्न अदालतको आदेश

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलःइलामको माईजोगमाई गाउँपालिका वडा नं ३ स्थित नामसालिङ्ग मा.बिको भवन निर्माणकार्य विवादमा परेको छ । निर्माणाधिन भवनको केही जग्गा ब्यक्तिको नाममा परेको भन्दै अदालतमा मुद्धा दर्ता गरिएको छ । स्थानिय रुक्मिणा प्रधानले आफ्नो जग्गा भएको भन्दै मुद्धा दर्ता गराएपछि उच्च अदालत इलामले तत्काल काम नगर्न नगराउन भनि स्टे—अर्डर जारी गरेको छ । अदालतले बिहिबार आदेश जारी गरेपनि काम नरोकिएको र आफुलाई उक्त जग्गा विद्यालयलाई दान गर्न केही ब्यक्तिहरुले दबाब दिईएको प्रधानको आरोप छ । आफ्नो १ रोपनी ३ आना जग्गा असुरक्षित भएको पिडितले बताएकी छन् । उनले ३५ दिन अघिमात्र स्थानिय याम बहादुर लाप्चासँग सो जग्गा खरिद गरेकी थिईन् । आफ्नो जग्गाको सुरक्षा गरिपाउँ भनि उनले माग गरेकि हुन् ।
निवेदकको निवेदनको आधारमा दुबै पक्षलाई राखी छलफलमा गर्न उपयुक्त देखिएकाले चैत्र १२ गतेलाई अदालतले तारिख तोकेको छ । सो मितिसम्म निवेदकको नाउँमा दर्ता कि.नं १४७ को जग्गामा कुनै प्रकारको संरचना बनाउन वा भवन निर्माण कार्य नगर्नु नगराउनु भनि विपक्षीहरुको नाउँमा उच्च अदालत नियमावली २०७३ को दफा ४२ बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिएको हो । नामसालिङ्ग माद्यमिक विद्यालयलाई विपक्षी बनाईएको छ ।
अदालतको आदेशपछि पनि बिहिबार काम नरोकिएकाले पिडितले वडाकार्यलयमा निवेदन दिईएको वडासदस्य निर्मल घिमिरेले बताएका छन् । सम्बन्धित सरोकारवाला संग सम्पर्क नभएपछि आज थप छलफल हुनेमा आफुहरु विश्वस्त रहेको वडासदस्य घिमिरेको भनाई छ ।
यता वडाध्यक्ष याम योल्मोले बिहिबार आफु कार्यालय अनुपस्थित रहेकाले आज निवेदनअनुसार थप कुरा बुझ्ने बताएका छन् । पिडितलाई अन्याय परेको भए न्यायोचित निर्णय गरिने समेत उनको भनाई छ । अदालको आदेश बमोजिम काम भने अनिबार्य रोक्नुपर्ने वडाध्यक्ष योल्मोले बताएका छन् ।
रेडियो बुद्धवाणी एफएमको कार्यक्रम बुद्धवाणी विशेषमा बिहिबार साँझ ७ बजेबाट यस विषयमा बहस गरिएको थियो । उक्त कुराकानीमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यज्ञशोर ढुङ्गानासंग पटकपटक को सम्पर्क असफल भएको थियो । फोन नउठेपछि विद्यालय तर्फको तर्क जानकारी प्राप्त गर्न नसकिएको हो । बुद्धबाणी समाचारसंग कुरागदै विद्यालयका प्रधानाध्यापक प्रदिप कुमार देवले ब्यवस्थापन समितिका अध्यक्षबाट बुझ्न भन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय