
निरवहादुर खवास,फिक्कलःइलामको सूर्योदय नगरपालिकामा आधारभुत तह कक्षा (१—३) सम्म एकिकृत पाठ्यक्रम अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित उक्त कार्यक्रम शुक्रबार नगर सभाहलमा सम्पन्न भएको हो । नगरभित्रका १४ वटै वडाका सबै सामुदायिक,संस्थागत,धार्मिक तथा गुठी विद्यालयका शिक्षकहरुलाई २ चरणमा सहजिकरण गरिएको हो । गत चैत्र ३ गतेबाट शुरु कार्यक्रममा सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख योगनिधि भट्टराई,प्राविधिक सहायक नवीन राज पौडेल र श्रोतब्यक्ति सुदर्शन प्रसाद खतिवडाले नयाँ पाठ्यक्रम वारे सहजीकरण गराउनु भएको थियो । समापन कार्यक्रममा सहभागिको तर्फबाट कमला भट्टराई, रमादेवि ढुङ्गेल र हरिप्रसाद ढुङ्गेलले मन्तब्य राख्नुभएको थियो ।


