स्वास्थ समस्याको समाचारप्रति झलनाथ खनालको सचिवालयद्धार आपत्ति

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र नम्बर १ का संघीय सासद झलनाथ खनालको स्वास्थ्य समस्या बारे प्रकासित समाचारको उनको सचिवालयले खण्डन गरेको छ ।
खनालका स्वकिय सचिव कृष्ण भट्टराईले एक विज्ञप्ति प्रकाशित गरि अनलाइन र छापा संचार माध्यमहरूमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या भनि शीर्षक राखी समप्रेषण भएको समाचारको खण्डन गरेको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य मात्र समस्या देखा परेको अवस्था भन्दै बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था विज्ञप्तिमा उल्लेख छ ।
कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील कुराहरुमा सुचना सम्प्रेषण गर्नु भन्दा अगाडि परिवारसँग जानकारी लिने र सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न खनालका स्वकिय सचिव कृष्ण भट्टराईले सबै पक्षसँग अनुरोध गरेका छन् । भट्टराईले भ्रामक अफवाहमा आधारित समचारहरु सम्प्रेषण गर्ने र प्रचार गर्ने कामप्रति हाम्रो गम्भीर आपत्ति रहेको बताएका छन् । विज्ञप्तिमा उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रमहरुमा सक्रियताका साथ लागिरहनु भएको हुँदा बाहिर आएको गलत सुचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय र शुभेच्छुक र शुभचिन्तकहरुमा सबैमा आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय