इलामको सुनपा ३ मा फुर्वा बङ्गुर फार्मको सार्बजनिक सुनुवाइ कार्यक्रम सप्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धर्डकन शर्मा,पशुपतिनगरःइलामको सुनपा (३ मा फुर्वा बङ्गुर फार्मको सार्बजनिक सुनुवाइ कार्यक्रम सप्पन्न भएको छ । भुमि ब्यबस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश (१ बिराटनगरको १० लाख र  सस्थाको ३ लाख ५४ हजार ९० रुपैया गरि १३ लाख ५४ हजार ९० रुपैया बराबरको अनुदान अन्तर्गतको लागतमा निर्मित फुर्बा बङ्गुर फार्मको आय ब्याय सस्थाका संचालक सागर योल्मुले प्रस्तुत गर्नुभयो।
वडाअध्यक्ष होम बहादुर कार्कीले ब्याबसायिक पशुपालन कार्यक्रमले लगनशिल कृषकलाइ उत्साहित बनाएको भन्दै बर्तमान समयमा कगजी प्रक्रियाका केही सस्थाहरुले दिगो सस्थाहरुलाइ असर पारिरहेको बताउदै तेसो नगरी दिगो फार्म सन्चालन गर्न सबैलाई आग्रह गर्नुभयो ।२०६९ सालबाट सन्चालनमा आएको सो फार्ममा हाल हेमसाएर,डयुरोक,ल्यान्डरेश जस्ता उन्नत जातका बङ्गुर उत्पादन हुँदै आएको सस्थाका योल्मुले बताउनु भयो ।मझौला ब्याबसाहिक बङ्गगुर फार्ममा ८०र८५ को संख्यामा बङ्गुर रहेका छन।हालसम्म २० लाख बढि लगानी रहेको फार्मको मुख्य बजार  भारतको सिक्किम ,दार्जिलिङ र मिरिक रहेको सन्चालक  योल्मुले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय