तिव्र गतिमा निर्माण हुँदै फिक्कल–नयाँबजार सडक

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कल,इलामको उत्तरपूर्वी क्षेत्रका बासिन्दाले आवतजावत गर्ने फिक्कल नयाँबजार जौबारी सडक कालोपत्रे गर्ने कामले तिब्रता पाएको छ । पर्यटकको आवजावत हुने र देशकै सबैभन्दा ठूलो आलु विकास केन्द्र जौवारी हुँदै भारत जोड्ने सडकको कालोपत्रे शुरु भएपछि वर्षौसम्म सडकको समस्या भोग्दै आएका स्थानीयबासीमा खुशियाली छाएको हो । ट्रयाक खोलिएको ६५ बर्षपछि इलामको फिक्कल–नयाँबजार–जौबारी सडक कालोपत्रे गर्ने काम सुरु भएको थियो । सडक निर्माणको २०७६ मंसिरमा सम्झौता भएपनि कोरोना भाइरसका कारण लकडाउन भएपछि काम रोकिएको थियो । सरकारले लकडाउन हटाएपछि निर्माण कम्पनीले पूर्वाधार निर्माणको कामलाई तिब्रता दिएको थियो ।

फिक्कल नयाँबजार सडक कालोपत्रेका लागि प्रदेश एक सरकारबाट ५३ करोड ८९ लाखमा ठेक्का सम्झौता भएको छ । पर्यकको आवजावत हुने र देशकै सबैभन्दा ठूलो आलु विकास केन्द्र जौवारी हुँदै भारत जोड्ने सडकमध्ये पहिलो चरणमा २० किलोमिटर २ सय मिटर कालोपत्रे हुनेछ ।

अनुगमन गर्दै प्रदेश सांसद खिनु लङ्वा लिम्बुले बहुवर्षे ठेक्का स्वीकृत गरि निर्माणको जिम्मा लगाइएको सडकको कामको गति राम्रो भएको बताइन् । उनले कोरोनाका कारण भुक्तानीमा देखिएको समस्यालाई समाधान गर्न पहल भइरहेको बताइन । ‘ काम अहिले तिव रुपमा भइरहेको छ । मोटामोटी ड्रेन, ग्याविन र कल्भर्टको कामले गति लिएको पाइयो ।’ लङ्वाले भनिन् ‘ कोभिडका कारण बजेटमा ५० प्रतिशत कटौती भएकाले केही समस्या देखिएको हो । तर यस बर्ष त्यस्तो हुँदैन् । बहुबर्षे आयोजना भएकाले भुक्तानीको समस्या हुनेछैन् ।’

सो सडकको बरबोटे जोगमाई खोला खण्डमा अहिले रिटेनिङ वाल, ग्याभिङ्ग वालको काम सकि डे«न निर्माणको काम धमाधम भइरहेको निर्माण व्यवसायी डिल्लि खनालले बताए ।‘ फिक्कल–बरबोटेबाट काम सुरु भई अहिले धमाधम भइरहेको छ । यस बर्ष १० किलोमिटर ड्रेन, ग्राभेल लगायतको काम हुनेछ । बैशाखसम्म जोगमाई खोलासम्म ग्राभेलको काम सम्पन्न ।’ समयमा नै भुक्तानीमा नहुँदा विकासको काममा केही समस्या देखिएको उनले बताए ।

अहिलेसम्म ३ करोड रुपैया पाउँन बाँकी छ । आएको पैसा पनि फिर्ता गएको पाइएको छ । पेमेन्ट रोकिँदा मजदुरलाई दिन केही समस्या भइरहेको छ ।’ विक्रम सम्बत २०१० सालमा तत्कालीन बडाहाकिम सन्तवीर लामाको नेतृत्वमा फिक्कल–नयाँबजार सडकको ट्रयाक खोलिएको थियो । सडक निर्माणको काम अहिलेसम्म ३० प्रतिशत सकिएको छ । सडक निर्माणको कामको गति राम्रो भएकाले स्थानीयमा उत्साहा छाएको माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादूर राईले बताए ।

माईजोगमाई गाउँपालिकाको लाइफलाइन सडकको रुपमा यो सडकलाई हेरेका छौ । कालोपत्रेले नयाँबजार जोडिएपछि यहाँका कृषि उत्पादन, स्वास्थ्य सेवा र पर्यटनको विकासले फड्को मार्नेमा आशवादी छौ ।’ राईले भने ‘ जुन गतिमा काम भइरहेको छ त्यसले निरन्तरता पाए २ बर्षभित्रमा हामी कालोपत्रेमा जोडिनेछौ ।’

निर्माण कम्पनीले २०७९ कात्तिकसम्म सडक निर्माणको म्याद पाएको छ । पहिलो चरणमा सूर्योदय नगरपालिका ९ को फिक्कल बजारको बरबोटेदेखि माईजोगमाई गाउँपालिकाको केन्द्र रहेको नयाँ बजारसम्म कालोपत्रे हुनेछ । प्रदेश सरकारले सो सडकको दोस्रो खण्डमा पर्ने नयाँबजारदेखि जौबारीसम्म कालापत्रे गर्ने योजना बनाएको छ ।

सडक अनुगमनका लागि प्रदेश सांसद खिनु लङ्वा लिम्बुको नेतृत्वमा माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राई, सूर्योदय वडा नं ९ का वडाध्यक्ष देवेन्द्र शर्मा, नगरको सामाजिक विकास समिति संयोजक सोनाम लामा, सूर्योदय नगर प्रमुखका स्वकिय सचिव दिपेश राई, पुर्वाधार विकास कार्यालय झापाका इन्जिनियर लक्ष्मण यादव नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिमसिना, वडा नं ९ का वडा सदस्य जयकुमार राई, पत्रकार राजकुमार दहाल रहेका थिए ।लोकलसन्देशबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय